महिलाको चाड भनेर परिचित तीज आजकल भड्किलो हुँदै गइरहेको छ । तीजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि शुरु भएपनि अहिले आएर महिनौं अघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ ।
दर भनेको दुधको परिकारबाट बनाइन्छ यसलाई तीजको अघिल्लो दिन ग्रहण गरिन्छ । तर, आजभोलिको दर चेलीबेटी माइतीमा होइन पार्टी प्यालेसमा महिनौं दिनदेखि ठूलै धनराशी खर्चिएर माछा, मासु, वियर लगायतका लागूपदार्थमा रमाउने गर्दछन् ।
महिलालाई पुरुष सरह स्वतन्त्रता र समानताको नाममा झन् यस्ता दुर्वेसनीको जालमा फसाईं रहेको पाइन्छ । अहिले स्कूल, कलेजको ड्रेसमा हातमा चुरोट, वियर देखिनु सामान्य जस्तै नै भएको छ । विषाक्त नारीवादको प्रवित्तिले अहिले मनाइने तिज मात्र होइन अन्य चार्डपर्वहरु पनि विषक्त बनिरहेका छन् ।
सन् २०१९ को एउटा सर्भे अनुसार नेपाली महिलाहरुमा मादक पदार्थ र धुम्रपान सेवन गर्नेको संख्या २२ लाख पुगेको देखाएको छ । यो संख्या त, एउटा रिर्पोटमा भएका डाटा मात्र हुन् । हामीले हरेक स्थानीय तहमा हेर्ने हो भने यो संख्या दश गुणाले बढ्न सक्छ । सन् २०१९ पछिका डाटालाई विस्तृत रुपमा देखाइएको छैन । यो एउटा दुखद् पक्ष रहेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटि सर्भेका अनुसार लागूपदार्थले महिलालाई २५ प्रतिशत पुरुषको भन्दा बढी असर गर्दछ । भनि उल्लेख गरेको पाइन्छ । साथै यसको सेवनले महिलाहरुमा हरेक वर्ष दुई गुणाले नकारात्मक असर पु¥याई रहेको हुन्छ । जस्तै लागूपदार्थले पुरुषको आयु १७ मिनेट कम गर्छ भने महिलाले सेवन ग¥यो भने उसको आयु २२ मिनेटले कम गर्छ । यति मात्र होइन लागूपदार्थको सेवनले महिलालाई मात्र यस्तो रोग लाग्छ जुन पुरुषलाई लाग्दैन यसलाई (धयmभल कउभअषष्अ) भनिन्छ । किनकी निकोटीनले महिलाको हर्मोनलाई क्षति गर्छ जसले महिलामा २४ देख ३२ प्रतिशतसम्म गर्भपातको जोखिम उच्च गराउँछ । अर्को निकोटीनले छालाको कोलाइजनलाई पनि असर गर्छ जसको कारण महिलामा छिटो बुढ्यौली देखिन्छ । यति मात्र होइन लागू पदार्थको सेवनले महिलामा ब्रेष्ट क्यान्सर, ओस्टियोप्रोसिस् जस्ता धेरै रोगहरु लाग्न सक्छ ।
त्यस्तै तीजलाई भड्किलो बनाउने अर्को मुख्य कारण बनेको छ बजारमा आएका कयौं तीज गीत । आज भोलीको तीज गीतले आलोचना र अश्लीलता समेटिरहेका छन्। चर्चा पाउने नाममा कलाकारले हदसम्मको नकारात्मक सन्देश बोकेका गीतहरु तयार गरिदिँदा विकृति अझ बढेर गएको छ । गीत तयार गर्न स्वतन्त्रता भएपनि कलाकारहरु जिम्मेवार नहुँदा कहिलेकाँही तीज गीतको अडियो, भिडियो परिवारसँग बसेर सुन्न र हेर्न नमिल्ने खालका बनेका छन् ।
विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो पति पाउँ भन्दै ब्रत बस्ने प्रचलनसँग यो तीज पर्व जोडिएको छ । आजकल महिला शिक्षित भइसकेका छन् । उनीहरु आ–आफ्नै शैलीमा परिवारसँग बसेर चाडपर्व मनाउन चाहन्छन् । महिला स्वतन्त्र हुँदै गएका छन् । खर्चको हिसाब गर्ने हो भने तीज सबैभन्दा महँगो चाड बन्दै गएको छ । कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई समयअनुसार सुधार्नु जरुरी छ भने देशको पहिचान बोक्ने संस्कृतिलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ ।
संस्कृतिका नाममा भड्किला नृत्य, देखावटी र अनावश्यक खर्चमा नियन्त्रण गर्न हामी स्वयम् जिम्मेवर हुन सक्नुपर्छ। तीजलाई रमाइलो चाडका रूपमा मात्र नलिई परम्परा र संस्कृति धान्ने चाडका रूपमा लिनु उपयुक्त हुन्छ। भड्किलो तीज हामी सबैका लागि हानिकारक छ। तीजमा महिलाले एक अर्कालाई दिने उपहारस्वरूप नेपाली सामानलाई प्राथमिकता दिनसके स्वदेशी उत्पादनको समेत प्रवद्र्धन हुन सक्थ्यो कि !

