भनेको छ । सरकारले भनेअनुसारको काम गर्न सक्छ कि सक्दैन त्यो प्रतिक्षाको विषय बनेको छ । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानविन गर्ने भनिरहँदा सुरक्षा निकायभित्र हुने भ्रष्टाचारको विषय उठाएको पाइँदैन । माथि उल्लेखित अवधिमा सबैभन्दा धेरै भ्रष्टाचार सुरक्षा निकायभित्र हुँदै आएको पाइन्छ । उक्त अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपथ प्रहरीभित्र ठूलो मात्रामा भ्रष्टाचार भएको पाइन्छ ।
खासगरी सुरक्षा निकार्यभित्र रासन, लत्तकपडा, शान्ति सेना, मिसन भ्रमण, जग्गा खरिद, भौतिक संचरना निर्माण र खाद्यान्नदेखि विभिन्न निर्माण सामग्री ढुवानीमा ठूलो मात्रा भ्रष्टाचार हुने गरेको बताइन्छ । सुरक्षा निकायभित्र हुने यस्ता विकृति, विसंगति र भ्रष्टाचारको विषयमा रास्वपाको सरकारले छानविन गर्न सक्छ कि सक्दैन आमजन चासोको विषय बनेको छ । त्यसको गतिलो उदाहरण लिन सकिन्छ सशस्त्र प्रहरी बललाई ।
सशस्त्र प्रहरीका एसपी ज्ञान प्रसाद भुर्तेलको संगठनभित्र हालीमुहाली चलेको लामो समय भइसकेको छ । भुर्तेलले संगठन स्थापना भएदेखि हालसम्म संगठनलाई आवश्यक जग्गा खरिद र अधिकग्रहण गर्दा पटक–पटक आफ्नो नाममासमेत अर्बौंको जग्गा जोडेका छन् । भुर्तेलको सम्पत्ति छानविन गर्ने हो भने कहाली लाग्दो अवस्था छ । भुर्तेलले विगत २० वर्षदेखि सशस्त्र प्रहरीभित्र एकछत्र राज गर्दै आएका छन् । उनले आफ्ना कालाकर्तुत बाहिरिने डरले महत्वपूर्ण अफिसियल डकुमेन्टहरु घरमा लगेर राख्ने गरेको स्रोतले उल्लेख गरेको छ । सशस्त्रका एसपी भुर्तेलाई छानविनको दायरमा ल्याउने हो भने सुरक्षा निकायभित्रका १५० भन्दा बढी उच्च पदस्थ कर्मचारीहरु छानविनमा तानिने देखिन्छ । एसपी भुर्तेलले हाल सप्रसह सुरेन्द्र नगरकोटी र सप्रसह सुमन सापकोटालाई आफ्नो चालक र घरमा काम गराउन लगेका छन् ।
दङ्गा नियन्त्रण गण कीर्तिपुरमा कार्यरत सप्रसह सुमन सापकोटालाई आईजीपीले कल्याणकारीको बजेटबाट निर्माण गरेको क्रियापुत्री भवन निर्माण गर्न भनेर खटाइएको थियो । तर, भुर्तेलले सापकोटालाई आफ्नो घरमा लगेर व्यक्तिगत काम लगाएको खुलासा भएको छ । सरकारी बजेटबाट आफ्नो घरपायकमा क्रियापुत्री भवन बनाउनु कत्तिको उचित हुन्छ । त्यसैगरी आईजीपीको नजिकका विश्वास पात्र डीएसपी अजित मास्के, श्याम कुमार घिमिरेलगायतको मिलेमतोमा ठेकेदार र व्यापारीहरुसँग मोटो रकम असुल्ने गरेको खुल्न आएको छ ।

