कम्पनी रजिष्ट्रारमा रामको रजाइँ

राजनीति समाचार

काठमाडौं । उद्योग मन्त्रालय मातहतको कम्पनी रजिष्ट्रार यस्तो कार्यलय बन्यो कि उपल्ला तहका कर्मचारी जान नपरे हुन्थ्यो भनेर भाग्ने अनि तल्ला तहका कर्मचारी त्यो थलो छोडेर अन्यन्त्र सरुवा हुनै नमान्ने !

दैनिक सयौंका संख्यामा उद्योग दर्ता हुन आउने कम्पनी रजिष्ट्रार कार्यालयमा सरुवा भएका थिए दिवस आचार्य, नाताले उनी सचिव मुकुन्द निरौलाका भाञ्जा । तर बदनाम कम्पनीमा जानै मानेनन् । कम्पनी रजिष्ट्रारबाट सरुवा भएर योजना आयोगमा पठाइएको थियो महेश बराल । तर सचिव निरौलाका भाञ्जा दिवसले अख्तियारको वक्र दृष्ट्रि परेको कार्यालयमा जान्न भन्ने अड्डी कसेका कारण कसलाई पठाउने भन्नेमा गलफत्ति चलेको छ ।

कम्पनी रजिष्ट्रार कार्यालय गन्हाउनुमा चाहिँ श्रीराम पौड्याल, अनुज खड्काजस्ता कर्मचारीहरुको भूमिका मुख्य छ भन्ने गरिन्छ । विचौलियासँग मिलेर सेटिङ धन्दा चलाउँदै आएको आरोप छ,यी कर्मचारीहरुमाथि । संघीइ निजामती सेवा विद्येयकको मस्यौदा बनेदेखि नासु बचाउ अभियान चलाउँदै आएका छन्,श्रीराम पौडेल । मान्छे कालो काँग्रेसी । अहिले मन्त्री,सचिवदेखि उद्योगका हर्ताकर्ताहरु नै काँग्रेसका छन् । उनी उद्योग मन्त्रालयको नेपाल निजामती कर्मचारी युनियनको विभागीय अध्यक्ष पनि ।

सेटिङ मिलाएर मौकामा चौका हान्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेका छन् । उनीमाथि घुस नलिइ फाइल अगाडि नबढाउने र सेवाग्राही नागरिकलाई हैरानी खेलाउने काम गरेको आरोप लाग्दै आएको छ । रजिष्ट्रार महेश बरालले नचाहँदा नचाहँदै उनलाई मन्त्री रमेश रिजालको सचिवालयलाई प्रभावित कम्पनीको पब्लिक शाखाको जिम्मेवारी दिइएको छ । कर्मचारीको काम आजै गरिदिने र दाम नपाएका सेवाग्राहीको फाइल महिनौंसम्म घुमाइदिने गरेको आरोप उनीमाथि सेवाग्राहीले लगाउने गरेका छन् ।

कम्पनी कार्यालयले शेयर लगत अभिलेख गर्दा शेयरवापतको रकम बैंकमा जम्मा गर्दा गरेको बैंक स्टेटमेन्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने सूचना नै जारी गरेको छ तर उनले रकम लिई स्टेटमेन्ट विना थुप्रै काम गर्दै आएका छन् । पब्लिक कम्पनीको शेयर लगत कायम गर्दा बैंक स्टेटमेन्ट विना गरिदिँदा त्यसको प्रत्यक्ष असर आइपिओ जारी गरेपछि सर्वसाधरणलाई पर्ने गर्दछ । यस्तो महत्वपूर्ण बिषयलाई उनले रकम लेनदेनलाई आधार बनाई खिल्ली उडाउने गरेका छन् ।

कम्पनी मर्जर,करोडभन्दा माथिको शेयर अभिलेखजस्ता कार्य गर्दा लाखौं रुपैंया असुल्ने उनी आफैं काँग्रेस निकट कर्मचारी युनियन उद्योग मन्त्रालयको अध्यक्ष, मन्त्रालयको मन्त्रीदेखि सचिवसम्म काँग्रेस भएकै कारण उनलाई सो शाखाबाट कसैले हटाउन वा सरुवा गर्न नसक्ने दावी छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *