एयरपोर्टमा समिति बनाउँदै, पैसा असुल्दै

राजनीति समाचार

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जतिसुकै भ्रष्टाचारलाई सून्यतामा झार्छु भनेर गुड्डी हाँकिरहे तापनि गृहमन्त्री भएर प्रहरी संगठनलाई चलायमान बनाइ शान्तिसुव्यवस्था कायम गर्छु भनिरहँदा दिनप्रतिदिन चोरी, तस्करी र आपराधिक गतिविधिहरु बढिरहेका छन् । त्यसको उदाहरण काठमाडौंको तीनकुनेस्थित काठ कारखानामा घटेको घटनालाई लिन सकिन्छ । योलगायत अहिले यस्ता आपराधिक गतिविधिका घटनाहरु देशैभरि भइरहेका छन् ।

उता अध्यागमन विभागमा दिनप्रतिदिन भिजिट भिसादेखि विभिन्न नक्कली भिसा प्रयोग गरी विदेश जानेको लर्को त्यत्तिकै छ । एयरपोर्टमा शैलेन्द्र ढकालको हालीमुहाली छुट्टै छ । ढकाल भिजिट भिसामा १८, २० जना महिलाहरुलाई विदेश पठाएको काण्डमा मुछिएपछि कारबाहीमा परेका थिए । सो कारबाहीबाट सफाइ पाएपछि अध्यागमन कार्यालयमा कार्यरत छन् । त्यही काण्डमा दोषी ठहरिएका अर्का व्यक्ति कमल पराजुलीको जागिर चट भएर सर्वोच्चमा मुद्दा लडिरहेका छन् ।

त्यस्तै माओवादी निकट कर्मचारी झम्कनाथ ढकालको नालीबेली छुट्टै छ । उनी जब माओवादीको सरकार आउँछ अनि माओवादीको नाममा मालदार ठाउँमा पुगिहाल्छन् । झम्कनाथ कहिले काठमाडौं महानगरपालिकाको उपकार्यकारी बन्छन्, सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुग्छन् त कहिले अध्यागनम विभागमा पुग्छन् ।

अहिले सो समूहले नासु र खरिदारलाई मार्केटिङमा पठाएर पैसा उठाउने समिति बनाएका छन् । उनीहरुले समितिबाट पैसा उठाउने र अध्यागमन डेस्समा बस्ने कर्मचारीको सेटिङमा नेपाली कामदारलाई अवैध तरिकाबाट विदेश पठाउने काम गर्दै आएको स्रोतको भनाइ छ । तर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुशासनको नारा लिएर भाषण गर्दै हिँडेका छन् ।

यस्तो अवैध तरिकाले अधिकांश विचौलियाले नेपालीहरुलाई विदेश पठाउने नाममा ठगी गर्दा गृहमन्त्री श्रेष्ठ भने मुकदर्शक बनेर बसेका छन् । एयरपोर्ट भित्रैबाट कहिले सुन तस्करी हुन्छ, कहिले लागुपदार्थ बराद गरिन्छ, कहिले विचौलियाहरुले मानव तस्करी गरेको पाइन्छ । तर, गृहमन्त्री श्रेष्ठले त्यस्ता सम्वेदनशील विषयमा ध्यान दिएको देखिँदैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *