विद्याको पार्टी सदस्यतामाथि किन खेलवाड ?

राजनीति समाचार

काठमाडौं । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले अध्यक्ष केपी ओलीको स्वीकृत बिना पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्दा असार १४ सम्म एमालेमा तरंग थिएन । तर आज एमाले तरङ्गित छ । एमालेभित्रको तरङ्ग पार्टीको लडाई हो । जनताकोे बारेमा होइन, नेतृत्व सत्ता स्वार्थमा रमाएको कारण मुलुक आर्थिक रुपमा टाट पल्टी रहेको छ । प्रधानमन्त्री ओली कालोबजारी, महङ्गी, अभाव, शैक्षिक बेरोजगारी नियन्त्रणमा महत्व दिने नेता होइनन्, कांग्रेसबाट त्यो अपेक्षा हुँदैन ।

पद पाएपछि त्याग्न नचाहने सरकारको नीति र नियम फेर्ने प्रवृत्ति प्रधानमन्त्री ओलीबाट भएको छ । पूर्व राष्ट्रपति आफ्नो प्रतिस्पर्धी बन्ने डरले विधान सभामा विद्यालय रोक्न खोजेका थिए । सभामुख संविधानसभा अध्यक्ष भएका स्व. सुभाष नेम्वाङलाई उपाध्यक्षमा मनोनित गरिएकै थियो । विद्याले अध्यक्षमा दाबी गर्दा केपी समूह आक्रामक देखिएको छ । वर्तमान नेतृत्व भएको व्यवहारले देखाउँछ ।

उमेरहद ल्याएर अरुलाई छेक्दा त्यो जालमा आफै परिन्छ भन्ने हेक्का प्रधानमन्त्रीलाई नहुँदा यो स्थिति आएको हो । नेकपा एमालेकै सक्रिय राजनीतिमा आउन विद्यालाई बाटो देखाउने उनै ओली हुन् । जसले आफू नेतृत्वविरुद्ध लाग्दा प्रयोग भएको मदन भण्डारी फाउन्डेसन आज आफैविरुद्धको मोर्चा बन्ला भन्ने सोचेनन् । एमालेका विद्रोही नेता जन्माउने पनि ओली नै हुन् भन्नेहरुपनि एमालेमा छन् । माधवले पार्टी नेतृत्व लिँदा ओलीले साथ दिएका थिएनन् । आज त्यो स्थिति छैन । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई यो बेला टेन्सन बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *