काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छटपटी भएको छ । प्रचण्ड शेखर पक्षको असन्तुष्टिलाई समर्थन गर्दै शेखरसँग भेट्घाट गर्दैछन् । शेखरकै कारण एमाले कांग्रेस गठबन्धन बनेको हो। विश्वमै नभएको दुई ठूला दलको सत्ता एकताबाट तिनै दलका नेता कार्यकर्ता सन्तुष्ट छैनन् । सरकारप्रतिको निराशा आक्रोशपूर्ण भएको छ । प्रधानमन्त्रीले पुराना योजना सम्पन्न भएकोमा खुसी मनाए । पार्टी कार्यालय बनाउन लिएको जग्गा दान अदालतबाट साथ पाएकै छन् । पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन दिने र नदिने बीचको द्वन्द एमालेभित्र चर्की रहेको छ ।
एमालेले कांग्रेसको सहारा लिएर पूर्व राष्ट्रपतिहरूलाई खोपीकै देवता बनाएर राज्यको राजस्वले पाल्ने पोस्ने नै लोकतन्त्र ठान्दैछन् । त्यो काममा प्रचण्ड सफल छन् किनकि पूर्व उपराष्ट्रपतिलाई माओवादीले उपाध्यक्ष पद दिइसकेको छ । माओवादीकै त्यो देखासिकीले विद्या भण्डारी राजनीतिमा होमिने आँट गरिन् भन्नेहरू पनि थुप्रै छन् । एमालेले विधान अधिवेशन तोकेको छ । त्यहीबेला विद्यालाई छेक्ने गरी प्रस्ताव ल्याउने तयारी हुँदैछ । अध्यक्ष ओलीका उत्तराधिकारीको रुपमा आफू प्रस्तुत हुने शंकरको योजनालाई एमालेकै पदाधिकारी र सचिवालयले पारित गर्छ गर्दैन थाहा छैन । तर विद्या भण्डारीको भद्रता भित्र छिरलिएको वामपन्थी शक्तिलाई एकतामा ल्याउन सहयोग पुग्ने बताइन्छ ।
अध्यक्ष ओलीले आफ्नै टिमका बामदेव माधव र झलनाथलाई खेदेका कारण ओलीबाट वामपन्थी एकता र सहकार्यको सम्भावना छैन । किनकि संसद भङ्ग गर्ने संवैधानिक आयोगहरुलाई आफ्नै अधीनमा लिने निष्पक्षता कतै छैन । संस्थागत सुधार छैन मन्त्रीहरू विवादमा परेका छन् ।

