काठमाडौं । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा भएको ठूलो विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।
यस दुर्घटनामा १९ जना घाइते भएका छन् । मंगलबार राति भएको यस दुर्घटनापछि छ जना बेपत्ता भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ । स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ रासायनिक कारखानामा राहत र उद्धारका लागि दुई सय भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो ।
कम्पनीको वेबसाइटका अनुसार यहाँ कीटनाशक र औषधि उत्पादन गरिने गरेको थियो ।