युएईमा दक्ष कामदारको संख्या २५ लाख नाघ्यो

विविध समाचार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो ‘वर्क फोर्स’ को तथ्याङ्क सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत् अबुधाबी मिडिया कार्यालयले ‘सङ्ख्यामा अबुधाबी’ शृङ्खलाअन्तर्गत यो तथ्याङ्क सार्वजनिक गरेको हो । कामदारको वृद्धिसँगै आंशिक रुपमा इमिरेट्सको जनसङ्ख्यामा ८३ प्रतिशतको वृद्धि भएको छ ।

दक्ष कामदारका लागि तीव्र गतिका रुपमा अबुधाबी विश्वव्यापी हबका रुपमा विकास भइरहेको छ । सन् २०११ र २०२३ का बीचमा कामदारको सङ्ख्या ८२ प्रतिशतले वृद्धि हुँदा २५ लाख कामदार वृद्धि भएको अबुधाबीस्थित तथ्याङ्क केन्द्रले जनाएको छ ।

कुल कामदारमा सेतो रङ्गका प्रशासनिक कर्मचारीले ४६ प्रतिशत ओगटेको छ । वृद्धिको हिसाबले १३ वर्षको अवधिमा १०९ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै कुल कामदारमा दक्ष निलो रङ्गका कामदारले ५४ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०११ र सन् २०२३ का बीचमा ६५ प्रतिशतले वृद्धि भएको हो ।

अबुधाबीले व्यवसाय र नवप्रवर्तनको लागि विश्वव्यापी केन्द्रका रुपमा आफूलाई स्थापित गरिरहेका बेला दक्ष प्रतिभाको आगमनले यसको आर्थिक गतिलाई कायम राख्न र भविष्यको वृद्धिलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *