नयाँ वर्षमा बाँकी सबै ऐन कानुन निर्माण हुने राष्ट्रियसभाका अध्यक्षको भनाई

राजनीति समाचार

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानुन छिटो छरितो निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ८० को दशकलाई समृद्ध एवं विकसित नेपाल निर्माणको आधार बनाउन सबैको योगदान आवश्यक रहेको बताएका हुन् ।
कानुन निर्माण गर्न नसक्दा सेवा प्रवाहमा असहजता पैदा हुने र नागरिकमा अन्योलता बढाउने उनको भनाइ छ । त्यसैले कानुन निर्माण गर्दा राजनीतिक दलहरू दलीय स्वार्थमा नलागी देशको समृद्धि र जनचाहना सम्बोधन गर्दै समस्या समाधानतर्फ केन्द्रित हुन जरूरी रहेको अध्यक्ष दाहालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *