नेपालको निर्यातमा ऐतिहासिक बृद्धि भएको प्रधानमन्त्री ओलीको दाबी,अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशतले बृद्वि

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् नेपालको निर्यातमा ऐतिहासिक बृद्धि भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको उल्लेख गरेका हुन् । उनले लेखेका छन्,‘आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो। ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले बृद्धि अर्थात् दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको बस्तु तथा सेवाको निर्यात गर्न सफल भएको’ उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ ।निर्यात वृद्धिको यो तथ्याङ्कले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *