गृहमन्त्री नारायणकाजीकै ठूलो स्वर ?

राजनीति समाचार

काठमाडौं । ‘खान्न खान्न लोकाचार, खान थाल्यो मानचार’ भन्ने नेपाली उखान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमै लागू भएको छ । माओवादीका भेलाहरुमा कांग्रेस, एमाले, माओवादी, जसपा जुन पार्टीका भएपनि, तस्कर भ्रष्ट नछाड्ने भनेर श्रेष्ठले चर्काे बोल्ने गर्दछन् । तर, नारायणकाजीका भाइ प्रहरी सरुवा, बढुवा गर्ने, प्रहरीका थुनुवा छुटाउन पैसा माग्दै हिँड्ने गर्दा प्रहरीले पक्राउ पनि गरेको हो ।

नारायणकाजीले गृहको हण्डी रोके, नक्कली भुटानीका नाममा पैसा खानेहरुलाई खोर हाले, ललिता निवास अदालत पुग्यो, सुन तस्करी काण्ड छानबिन पूर्ण नहुँदै अस्ताउँदै छ । लोकतान्त्रिक संविधान जारी गराउने, संघीयता कार्यान्वयन गराउने, लोडसेडिङ अन्त गराउने काम माओवादीले गरेकै थियो । देशलाई समाजवाद उन्मुख दिशातर्फ लगेको माओवादीले नै हो भनिन्छ ।

तर अहिले त्यही पार्टीका नेता सुन तस्करीमा जोडिएका छन् । गणतन्त्र र बयलगाढा होइन, संघीय शासन खच्चरको सिङमा नेपाली झण्डा राखेर लागू हुन्छ भन्ने गणतन्त्र विरोधीविरुद्ध सडकमा आएको माओवादी माथि दमन गर्न तयार हुँदा गृहमन्त्री नारायणकाजीको गडगडाहट चर्केको हो । गृहमन्त्रीको नाताले सरकारी क्षेत्रका विसंगति धेरै नारायणकाजीलाई जानकारी छ । भ्रष्टाचारीहरुले वर्तमान सरकारबाट खतरा देख्छन् भने त्यो खतरा नारायणकाजी नै हुन् ।

त्यही कारण भ्रष्टाचारी र माफियाको टोलीले नारायणकाजी हटाउने योजना बनाएका छन् । यसमा अर्थमन्त्री डा.प्रकाशशरण महत भुमरीमा परेका मात्र हुन् । महतले अर्थतन्त्रलाई सुधारेका छैनन् । महत पहिला उर्जामन्त्री भएका बेला भ्रष्टाचारमा चुर्लुम्म डुबेका पात्र हुन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *