कसको लागि हो लोकतन्त्र ?

राजनीति समाचार

काठमाडौं । जनताको सेवा नगर्न राजनीतिक प्रवृत्ति बढ्दै गएको छ । कांग्रेस, एमाले र माओवादी मिलेपछि देश कस्तो बन्छ त्यो यही बेला खुस्त छ । जुनबेला नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो छानबिन रोकिएको छ । ओम्नी, थामसेकु, गिरीबन्धु टी स्टेट, बतास सेक्युरिटी प्रेस, वाइडबडी, नेपाल ट्रष्टमा डा. काण्डजस्ता एमालेका पौखरी योजनामा भएका भ्रष्टाचारको छानबिन रोकिएको छ ।

देशमा ६० हजार भीआईपी बनेका छन् । ७६१ वटा सरकारका भीआईपीको उपचार खर्च राज्यले बेहोरेकै छ । समानुपातिक सांसद नेताकै श्रीमती छन् । प्रधानमन्त्री मन्त्रीको विदेश भ्रमणको लावालस्कर नै छ । जनप्रतिनिधको तलब भत्ता पटक पटक नियुक्ति आफ्नै भाइ भतिज, छोराछोरीको सचिवालय कस्तो बनेको छ सिंहदरबारतर्फ हेर्दा हुन्छ ।

जनताको अपेक्षा ठूलो छैन । छर्काे भ्रष्टाचार, नातावाद, नियन्त्रण, कालोबजार नियन्त्रण महंगी अभाव नियन्त्रणसँग विकास होस् । भेद्भावरहित समाज गणतन्त्रको गहना हुँदा आयोगमा कस्ता मान्छे नियुक्ति हुन्छन् ? कस्ता अपराधीले जेल मुक्ति पाउँछन्, श्रीमान् श्रीमती सांसद कति छन्, ससुरा ज्वाइँ के छ खबर ? जबकि सरकार १ लाख ६० हजार सरकारी दरबन्दीका शिक्षकसँगराजनीतिक दलको दबाबले सरकार वार्तामा बस्यो तर राहत कोटामा भएका ३९ हजार शिक्षक स्थायी गर्न अर्थतन्त्रले धान्दैन भनेका कांग्रेसी पूर्णबहादुर खड्काले देशको विकृति कति घटाए ? दलहरुले कार्यकर्ता भर्ति गर्दा संवैधानिक अंगहरु नांगै छन् ।

जनताको जीवनमाथि खेलवाड गर्ने ६० हजार भीआईपी ७६१ सरकारले संघीयता माथि खतरा आउने अवस्था छ । आठौं संविधान दिवस तिनकै लागि भएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *