डा.साप प्रचण्डसँग बिच्किँदै !

राजनीति समाचार

काठमाडौं । नेकपा समाजवादी बनाउने माओवादीको नाम र झण्डा नै फेर्नुपर्ने तर्क गर्ने डा.बाबुराम भट्टराई माओवादीसँग पार्टी एकता गर्न सशंकित छन् । संगठन छैन, तर पनि प्रदेशमा गंगा श्रेष्ठ, संघमा महेन्द्र यादव चुनाव जितेर सांसद पनि भए, मन्त्री पनि भएका छन् । डा.भट्टराई नेपाल समाजवादी पार्टीका प्रथम अध्यक्ष महेन्द्र यादव बनेका छन् ।

माओवादीको संगठनको भरमा चुनाव जित्नुपर्ने बाध्यता नेपाल समाजवादीको छ । डा.भट्टराई पत्नी हिसिलाको नेवारवाद र भ्रष्टाचारी चरित्र बद्नाम छ । भ्रष्टाचार विरोधी अभियन्ताहरुले हिसिलाको हगाडि नै विरोध गर्दा उनी नाजवाफ हुने गरेको कयौं घटना छन् । भट्टराईलाई गंगा श्रेष्ठ र महेन्द्र यादव माओवादीमै रहन्छन् कि भन्ने चिन्ता छ । किनकि यादव संघमा खानेपानी मन्त्री छन् भने गंगा बाग्मती प्रदेशमा गृहम कानूनमन्त्री भएका छन् । सत्ताको स्वाद लिएकै छैन ।

कम्युनिष्टका नेताले राजनीतिबाट उचाई लिएर ११ वर्षसम्म माओवादी भएर संविधान जारी भएपछि भारतको उक्साहटमा नयाँ शक्ति खडा गर्दा माओवादीबाट गएका युवा नेता धेरै थिए । तर पार्टी घोषणाको प्रचारमा विदेशी फण्डको हिसाब पनि खोजियो, स्रोत खोजियो, तर भट्टराईले बताएनन् । जनयुद्धको बेला ९ किलो सुन पचाएर देवेन्द्र पौडेल पनि बाबुरामबाट छुट्टिन भ्याए । मोहन वैद्यबाट रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङको टोली फिर्ता भयो । माओवादीको विचार भ्रष्ट हुँदै गयो । अहिले पनि भ्रष्ट टोली नै बलवान बन्दैछ । पार्टी एकता माधव नेपालसँग त भएको छैन भने डा.बाबुरामसँग हुने छाँट छैन ।

कम्युनिष्ट भाँडिदा चाल पाएको कांग्रेसले शासक बन्न पायो । अहिले कांग्रेस ठूलो दल भएको छ । डा.बाबुरामलाई कम्युनिष्ट शब्द नै अर्जिण भएर समाजवादी भन्ने गरेपनि माओवादी, समाजवादी, जसपा र नेकपाको समाजवादी मोर्चामा अटाएका छैनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *