काठमाडौं । मुद्दा केही छैन, मधेसको पिडा घटेको छैन । साहुकर मधेसमै छन्, मिटरब्याजी त्यहीँ छन्, श्रमको शोषण पनि त्यहीँ छ । छोरीचेली त्यहीँ मारिएका छन् । दाइजो प्रथा घटेको छैन । तस्कर त्यहीँ छन्, बोक्सीको आरोपमा महिलामाथि दमन भएकै छ । सडक छ, विद्यालय छन्, तर नक्कली शिक्षक त्यहीँ छन् । नागरिकता नपाएका हजारौं मधेसमै छन् । मौका पाए भारतीयलाई नेपाली नागरिकता बेच्ने मधेसमा सरकार बन्छ, तर त्यो सरकारले जनताका यस्ता पिडा पनि बुझ्दैन । महन्थ ठाकुर र राजेन्द्र महतोको पार्टीलाई समाजवाद पनि आएको छैन ।
दक्षिणको भोज खाँदै नाकाबन्दी लगाएर संविधान जलाउने महन्थ र राजेन्द्रहरुको परिवारवादी पार्टीको विजोग भएको पनि छ । मधेसमा माओवादी बढ्यो भने भारतको उत्तर प्रदेश प्रभावित हुने डरले भारतले रअ मार्फत उपेन्द्र यादवलाई उचालेर ३७ जना माओवादी कार्यकर्ताको हत्या ग¥यो । उपेन्द्र यादवलाई उपराष्ट्रपति पाउने बारा २ बाट चुनाव जिताउने भनेकै बैगुनीलाई गुनले मार्ने काम हो । माओवादी थिएन भने कांग्रेसले राष्ट्रपति जसपाले उपराष्ट्रपति पद पाउँदैनथे । ४ सिटे लोसपालाई सरकारमा ल्याउँदैनथ्यो ।
अहिले महन्त र राजेन्द्र महतोलाई प्रचण्ड सरकारले गरेका राम्रा काम मन परेको छैन । स्थानीय तहमा लोसपाको तर्फबाट चुनाव जितेका जनप्रतिनिधिको भ्रष्टाचार अख्तियारले छानबिन गरेकै छ । कार्यकर्ता जेल परेकै छन् । तर पार्टी बोल्दैन । भ्रष्टाचारको मामिलामा मधेसी दलसँग कांग्रेस एमालेको लिगेसी मिल्छ । सत्तामा हुँदा ब्रम्हलुट गर्ने कुर्सीबाट हट्नासाथ सरकारको विरोध गर्ने कालोबजारी, तस्करीतन्त्रको कतै विरोध नगर्ने नेकपा एमाले संसदमा विपक्षी छँदैछ । मुखले राष्ट्रवादी व्यवहारका भारतभक्त केपी ओली मधेसवादीकै सारथी भएका छन् ।
छोरीज्वाइँ, सम्धी सम्धिनी, साला सालीको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी भनेकै दक्षिणको भरोसामा चलेको पार्टी हो । त्यसैले यो पार्टीले सीमा अतिक्रमण बारेमा बोल्दैन । देशभक्त ओलीले चुच्चे नक्साको पाठ्यपुस्तक छपाएर सडाएको राष्ट्रवादमा महन्त र राजेन्द्रहरुबाट देशभक्ति खोज्नु मुर्खता हो । पार्टीको नाममा पारिवारिक शक्ति बढ्ने विश्वास गर्नु अर्काे मूर्खता हो, जुन पार्टी एक्लै लड्दा जमानत समेत बच्दैन । (तामाकोशीसन्देशबाट)