प्रधानमन्त्रीको चीन भ्रमण फलदायी बन्न सकेन

राजनीति समाचार

दक्षिणको भर पर्दा सरकारमा खटपट
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सत्ता सम्हालेनको पनि दश महिना पुरा भइसकेको छ । प्रचण्ड सरकारले गरेको काम जति चर्चामा आएको थियो त्यो विस्तारै सेलाउँदै गएको छ । प्रचण्ड सरकारले भुटानी शरणार्थी काण्ड, बालुवाटार काण्ड, सुन छानबिन काण्ड जस्ता काम गरेर चर्चामा आएपनि पछिल्लो समय सेलाउँदै गएको छ । हुन त प्रतिपक्ष दल नेकपा एमालेले सरकारको विरोध गरेको कारण वास्तविक दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन पनि नसकेको हुनसक्छ ।

जति जनताले आशा गरेका थिए त्यो विस्तारै सेलाउँदै गएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसले विरोध गरेको कारणले पनि सरकारले गरेको कामले सार्थकता पाएको छैन । कांग्रेस इतरपक्षका नेताहरुले प्रचण्ड सरकारमा बसेर कुनै औचित्य नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड गत भदौ ३१ गते युरोप भ्रमण सकेर उतैबाट असोज ५ गते सिधैं चीन भ्रमणमा निस्केका थिए । चीन सरकारले छिटोभन्दाछिटो नेपालमा बिआरआई लागु गर्न सुझाएका थिए । चीनले बीआरआईको बारेमा कुरा उसठाउँदा प्रधानमन्त्री प्रचण्डले यस वा नो को ठोस जवाफ दिन नसकेपछि भ्रमणले सार्थकता पाएन ।

उत्तरी छिमेकी चीनले नेपालमा बिआरआई लागू गर्न पनि बारम्बार कुरा उठाइरहँदा प्रचण्ड मौन बसेको बताइन्छ । चीनले छिटोभन्दाछिटो नेपालमा बिआरआई लागु गर्नुपर्ने कुरा उठारहेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले नेपालमा बिआइरआई लागु गर्ने कुनै संकेत दिएनन् । त्यो नदिएकै कारण नेपाल–चीन बीचको विभिन्न सहयोग र सम्झौताहरुमा हस्ताक्षर भएको पाइँदैन । उता, अमेरिकारले नेपालमा एमसीसी लागू भएपछि यहीं सरकारलाई प्राथमिकता दिएर आफ्नो काम फत्ते गराउने दाउमा लागिपरेको छ । तर नेपालका राजनीतिक दलहरुले नेपालमा बिआरआई लागू गर्ने विषयमा छलपल गरेको पनि पाइँदैन ।

सरकारमा बस्ने दलहरुले पनि चासो दिएका छैनन् । चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले राजनीतिक भेटघाट पनि खासै गरेका छैनन् । चीनले नेपालको वामपन्थी एकतालाई जोड दिएको पनि बताइन्छ । तर, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले वामपन्थी एकताको प्रयास भित्री रुपमा गरिरहेको बताइन्छ । वामपन्थी एकताको लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी तत्पर रहेको बुझिन्छ । तर, नेपालका वामपन्थी एकतालाई भड्काउने काम भारत युरोपियन युनियनहरु नगरेका होइनन् ।

यसले गर्दा नेपालको राजनीतिक दलहरु विचमा एकता हुन्छ या छिन्नभिन्न हुन्छ यसै भन्न सक्ने अवस्था पनि छैन । सरकारले पनि अधिकांश कामहरु गर्न सकेको छैन । सर्वसाधारण जनताले यो देशमा सरकार छ कि छैन भनेर भेउसमेत पाउन सकेका छैनन् । चाडबाड लागेको छ, महंगीले सताइराखेको छ । सरकारको अनुगमनले काम गरेको छैन । तस्करी र माफियाहरुले कालाबजारी गरिराखेका छन् । सरकारका कर्मचारीहरु भ्रष्टाचारमा रमाएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *