काठमाडौं । यतिबेला युवा तथा खेलकुद मन्त्रालयमा सहसचिव कुमार दाहालको चर्चा चुलिएको छ । अन्य देशमा कर्मचारीहरुले राम्रो काम गरेर चर्चा कमाउछन् भने नेपालमा भ्रष्टाचार, अनियमितता र अस्लिल हर्कत गरेर चर्चा कमाउने चलन झागिँदै गएको छ । त्यसको गतिलो उदाहरणका पात्र बनेका छन् युवा तथा खेलकुद मन्त्रालयका सहसचिव कुमार दाहाल । अहिले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव कुमार दाहालको चर्चा यस्तै हर्कतमा चल्न थालेको छ ।
उनको चर्चा यतिखेर सबैतिर हल्लीखल्ली मच्चिएको छ । कुमार दाहालले इलाम मालपोत कार्यालयमा रहँदा एक लाहुरेको श्रमतीसँग सम्बन्ध गाँसेर लाहुरेको सम्पत्ति हिनामिना गरेकोसमेत आरोप उनीमाथि लाग्दै आएको छ । दाहाल जागिरको सिलसिलामा इलाम मालपोत कार्यालयमा कार्यरत रहँदा एक लाहुरेनीलाई हातमा लिएर उनको श्रीसम्पति नै सखाप बनाइदिएको भुक्तभोगीहरुको भनाइ छ । दाहालले इलाम मालपोत कार्यालयमा मात्रै यस्ता हर्क गरेनन् । दाहालले काठमाडौं उपत्यकादेखि देशका विभिन्न मालदार ठाउँमा बसेर अकुत सम्पत्तिसमेत कमाएका छन् ।
उनले केही पत्रपत्रिकामा लेख पनि लेख्ने गर्दै आएका छन् । दाहाल कमाउ धन्दासँगै पत्रपत्रिकामा लेख रचना लेख्ने भएका कारण राजनीतिक दलका नेताहरुलाईसमेत गालीगलौज गर्न पछि पर्दैनन् । दाहालले विभिन्न कमाउधन्दा सञ्चालन गरेर अकुत सम्पत्ति कुम्ल्याएपछि लेख, रचनामार्फत दलका नेताहरुलाई तथानाम गालीगलौज गर्ने गर्दै आएका छन् । दाहाल आफूलाई सबैभन्दा जान्नेसुन्ने दावी पनि गर्दछन् । उनको जागिरे दौडानमा मालपोत कार्यालयदेखि वैदेशिक रोजगार विभाग, लुम्बिनी प्रदेश सचिव, सामान्य प्रशासन मन्त्रालय हुँदै अहिले खेलकुद मन्त्रालयमा तर मारिरहेका छन् । तर, उनको कोठामा केही बुद्धिजीवी भनाउँदाहरु पनि आनेजाने गर्दछन् । यतिहुँदाहुँदै पनि दाहालले भनेको कसैले पत्याउँदैनन् । खेलकुद मन्त्रालयमा जस्तो भ्रष्टाचार अन्य मन्त्रालयमा कहाँ होला र ।
खेलकुद क्षेत्रलाई चलायमान बनाउने भनेर सात अर्ब रुपैयाँ छुट्ट्याइएको छ । त्यो सात अर्ब रुपैयाँ संघ, प्रदेश र स्थानीय गरी तिनै तहअन्तर्गतको खेलकुद क्षेत्रलाई चलायमान बनाउन छुट्याइएको हो । सो बजेट खेलकुदमा खर्च नगरी अधिकांश स्थानीय तहका क्लबदेखि मन्त्रालयका कर्मचारीले झ्वाम पार्ने गरेका छन् । त्यस्तै विदेश भ्रमणको अफर पनि सचिव र सहसचिवलाई आइहाल्छ । त्योसँगै अन्य विभिन्न क्लबबाट पनि उनीहरुलाई विदेश भ्रमणमा लगिन्छ । विदेश भ्रमण गएबापत प्लेन टिकट र लजिङफुडिण्डङ्गको व्यवस्था मन्त्रालयले गर्ने गर्दछ । एकातिर मन्त्रालयले सम्पूर्ण खर्चको व्यवस्था गर्दछ भने अर्कोतिर खेलाडीका विभिन्न क्लबहरुले खर्चको जोहो गर्दछन् । त्यसरी जुटाइएको पैसा खेलाडीको लागि खर्च गर्नुपर्नेमा कर्मचारीहरुको हालीमुहाली हुने गर्दछ । यसरी खेलकुदको नाममा जम्मा भएको पैसा लेखा फाँटका कर्मचारीले समेत बाँडीचुँडी खाने गरेका छन् ।
लेखा शाखामा महिला भएको कारणले पनि जो कोहीले केही बोल्न सक्दैनन् । खेलकुद मन्त्रालयमा खेलाडीलाई प्रतिक्षण दिनुपर्ने रकम पनि विभिन्न शीर्षकमा खर्च गरी भ्रष्टाचार गर्ने गरेका थुप्रै उदाहरणहरु छन् । विदेशमा खेलाडी लाँदा पनि दक्ष खेलाडी छनोट गर्नुपर्नेमा त्यस्ता खेलाडी नलगी आफ्ना मान्छे घुसाएर लाने गरिन्छ । कतिपय पैसाको लेनदेनमा अदक्ष खेलाडी लाने गरिन्छ । खेलकुद मन्त्रालयको यस्तो हर्कतले गर्दा अधिकांश खेलमा नेपालीले हार खानु परेको छ । केही खेलबाहेक अधिकांश खेलकुदमा नेपाली खेलाडीले राम्रो परिणाम ल्याउन सकेका छैनन् । एनफाले पनि खेलाडीको नाममा विभिन्न भ्रष्टाचारका शृंखला नमच्चाइएको होइन ।
एनफामा जस्तो भ्रष्टाचार अन्य क्षेत्रमा कमै होला । वास्तविक र दक्ष खेलाडीको मूल्यांकन गर्न नसक्दा नेपाली खेलकुद जगत सधैं बद्नाम हुने गरेको छ । यति हुँदाहुँदै पनि किर्केटलगायत केही खेलमा पछिल्लो समय आएर नेपाली खेलाडीले देशको इज्जत राख्ने काम गरेका छन् । तर, अधिकांश खेलमा पछि पर्नुपरेको छ । नेपाली खेलकुद जगतलाई कमजोर बनाउने काममा खेलकुद मन्त्रालयका कर्मचारी, विभिन्न क्लबका अध्यक्ष र सचिवहरुको हात रहने गरेको पाइन्छ ।
अन्य मुलुकमा भने अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिन निष्पक्ष ढंगले दक्ष खेलाडी छनोट गरिन्छ । उनीहरुको प्रशिक्षणका लागि पनि राज्यले ठूलो धनराशी खर्च गरेको हुन्छ । तर, नेपालमा भने इमानदार, दक्ष खेलाडीलाई पछि पार्दै सोर्सफोर्स र पैसाको लेनदेनमा विदेश घुमाउने र मनोरञ्जन गराउने उद्देश्यले आफन्तलाई पोस्ने काम गरिन्छ । (तामाकोशीसन्देशबाट)