कानूनको धज्जी उडाउँदै सरकार

राजनीति समाचार

काठमाडौं । प्रहरीले भ्रष्टाचारी र अपराधी पक्राउ गर्छ, न्यायालयले जेल तोक्छ, सरकार अपराधीलाई छोड्छ । प्रहरीको अनुसन्धानलाई पंगु बनाउने काम सरकारी वकिल कार्यालयसमेत बद्नाम भएको छ । यो देशमा पैसा र राजनीतिक दलले न्याय मिचेका छन । मिलेर खाने मिलेर अपराध गरेको छ । राष्ट्रपति समेत डन र अपराधीका रक्षक भएका छन् । माओवादी भन्नका लागि परिवर्तनकारी भन्छ, तर त्यसका नेताका अपराधसँग यिनै डनहरु जोडिएका छन् । योगराज ढकाल ज्यान मुद्दाबाट जेलमुक्त हुँदा उसको स्वागतका लागि दाङबाट नेपालगंजसम्मको सवारी साधनको लस्करले सरकारलाईसमेत बद्नाम गरायो । यहाँ एमाले र कांग्रेस खुसी भए ।

जुन कुरा बोलेर अर्थ छैन, त्यो कुराको बढी प्रचार हुन्छ । मुखले गृहमन्त्री, रक्षामन्त्री, कानून मन्त्रीका कुरा चर्का छन् । व्यवहारले अपराधीको रक्षक जनताका दुश्मनीमा परिणत गराएका छन् । यो सरकारले ललिता निवास काण्डमा जोडिएका माधवकुमार नेपाल डा.बाबुराम भट्टराईलाई माफी दियो । विष्णु पौडेल, सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गरेर माफी दिएको सरकारले जो फाइल बोक्ने थियो, त्यो माथि सरकार लाग्यो । नखाएको विष लगाएर गणतन्त्रको उपहास गरिएको छ । प्रचण्ड सरकारका राम्रा काम थिए । चेतन मानन्धरका हत्या र योगराज ढकाल (रिगलको) रिहाइले बद्नाम भएको छ ।

वर्तमान सरकार र विपक्षी बद्नाम भएका छन् । सरकार महंगी, भ्रष्टाचार, दलालीकरणमा डुबेको छ । जनताको समस्या कतै समाधान छैनन् । कान्ति अस्पतालमा ५ वर्षे बालिका डाक्टरको लापरवाहीले ज्यान गयो । स्वास्थ्य मन्त्रालयको ध्यान पुग्न सकेन । चौधरी गु्रपको स्मार्टफोनको स्वामित्व, राज्यलाई कर नतिर्ने एनसेल र चौधरीले स्वार्थमा प्रयोग गर्दा प्रधानमन्त्री पुत्री गंगा दाहाल जोडिएकी छिन् ।

माओवादी सुन तस्करसँग मिलेको कुरा लुकाउन जरुरी छैन । कानूनको धज्जी उडाउनेहरुले गणतन्त्र ल्याएको संघीयताको रक्षा गरेको धाक लगाउने ठाउँ पनि बाँकी राखेनन् । कम्युनिष्टको नेताका भाषण र निर्देशन कार्यकर्ताले स्वीकार्न छाडेका छन् । कानूनको धज्जी उडाउने अभियानले यस्तो निराशा र आक्रोश बढेको छ ।
(तामाकोशीन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *