लोकसेवा आयोगमा माघको जात्रा

राजनीति समाचार

काठमाडौं । ‘अ‍ैँचोपैँचो’मा लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका माधव रेग्मीका कारण एउटा संवैद्यानिक निकायको गरिमा नै धूलिसात हुन पुगेको पूर्व देखि बहालवाला प्रशासकहरुले आरोप लगाउन थालेका छन् । आयोगका अध्यक्षको पुत्र मोहमा पर्दा पछिल्लो समय लोकसेवा आयोगको गरिमा खस्कन पुगेको बताइन्छ । आफ्नो बार्षिक कार्यतालिका अनुसार लोकसेवा आयोगले असोज १४ मा उपसचिव र सहसचिव तहको विज्ञापन प्रकाशन गर्नुपर्ने थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग सख्या लोक सेवा आयोगमा पठाई सकेको थियो तर कालान्तरमा लोकसेवाले विज्ञापन नै प्रकाशन नगरी विशेष कारण देखाएर पन्छियो । अहिले कुनै निकायप्रति विश्वास छ भने त्यो एउटै निकाय हो लोकसेवा आयोग । यो एउटा मात्र संवैद्यानिक आयोग निश्पक्ष छ भन्ने विश्वास छ तर यस्ता आयोगको नेतृत्वमा सेटिङबाट अध्यक्ष बन्न पुगेका माधव रेग्मीसहितका पदाधिकारीहरुका कारण अहिले आयोगको निश्पक्षतामाथि प्रश्न चिह्न उठाउँदैछन्, कर्मचारीहरु ।

चर्काै आलोचना पछि लोकसेवाले सहसचिव र उपसचिवको विज्ञापन प्रकाशन गर्न बाध्य भयो । आयोगले माग अनुसारको विज्ञापन प्रकाशन गरेन बरु कारण देखायो थारु क्लष्टरको विवाद । तर अन्र्तय चाँहि आयोगको अध्यक्ष पुत्रलाई उपसचिवमा उकाल्नका लागि माग अनुसारको विज्ञापन प्रकाशन नभएको हो भन्दैछन्,यस अघि लोकसेवामा बसेर सरुवा भएर हिडेका कर्मचारीहरु । ०७८ फागुन २३ गते सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई साविकको एमाले र माओवादी केन्द्रकै रुपमा रहन आदेश दियो न्यायाधीश कुमार रेग्मीको बेञ्चबाट दिइएको थियो ।

त्यसको दुई महिना पछि नै माधव रेग्मीलाई केपी शर्मा ओलीले लोकसेवा आयोगको अध्यक्ष बनाए । यस अघि सचिवका रुपमा लोकसेवामा रहँदा निकै विवाद र सन्देहको घेरामा थिए । आम्दानी हुने अंगहरूमा मात्र सक्रिय हुने गरेको आरोप उनीमाथि छ । ४१ वर्ष जागिर खाने दौरान लोकसेवामै पनि काम गरेका उनले गोप्य शाखालाई बिगारेर पैसाको पछि लागेको थिए । अहिले उसैगरी त्यहाँका हरेक शाखामा आ आफ्ना मान्छेहरु हालेर भरेका ती उपसचिवले बताए ।

जसै माधव लोकसेवा आयोगको अध्यक्ष बने उनले नियम कानुनलाई धज्जी उडाउँदै स्थानीय तह (भरतपुर महानगरपालिका)मा समायोजन भएका छोरालाई अख्तियारमा ताने । जबकी स्थानीय तहका कर्मचारीहरु अन्तर स्थानीय तहमा मात्र सरुवा हुन सक्छन् तर ऐन, नियमलाई धज्जी उडाएर स्थानीय तहका कर्मचारीलाई संघको कार्यालयमा फिट गराए ।

हालैमात्र लोकसेवाले ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन खोल्नुपर्ने थियो तर १४ असोजमा उक्त विज्ञापन खोलिएन,कारण देखाइयो विशेष । तर चर्काे आलोचना भए पछि ४५ प्रतिशतमात्र विज्ञापन खोलिएको छ र बाँकी विज्ञापन खोलिएको छैन । यसमा त्यही छोरालाई बढूवा गर्नका लागि नखोलिएको हो भन्छन्,जानकारहरु । रेग्मी पुत्र शाखा अधिकृत नियुक्ति २०७५÷८÷१८ मा भएको छ । त्यस अनुसार अबको दुई महिना पछि बाँकी पदमा उपसचिवको विज्ञापन खुले अनौठौं नमाने हुन्छ कारण उनको छोराले अबको दुइ महिना पछि उपसचिवको परीक्षा दिन पाउनेछन् ।

त्यसैले छोरालाइ परीक्षामा सामेल गराउन उदेश्यले विशेष कारण देखाएर विज्ञापन रोकेको सोझो अनुमान लगाउन सकिन्छ । दबाब पछि ४५ प्रतिशत विज्ञापन (सामान्य प्रशासनको माग अनुसार) मात्र खोल्नुको कारण पनि यही हो कि उनको छोरा स्थानीय तहमा समायोजन भएको भएपनी खारेज भैसकेको सर्वोच्च अदालतको अन्तरिम आदेशले संघ अन्तर्गतको कार्यालयमा बसेका कारण बाँकी पदमा मंसिरमा विज्ञापन खुलाउने लोकसेवाका अध्यक्ष रेग्मीको मनसाय देखिने बताइएको छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *