रघुवीर महासेठको बिजोग

राजनीति समाचार

काठमाडौं । वामदेव गौतमका व्यापारिक साझेदार केशवलाल श्रेष्ठ, रघुवीर महासेठ, गोपाल शाक्य अहिले फरक पार्टीमा छन् । शाक्य र महासेठ एमालेमा र श्रेष्ठ एकीकृत समाजवादीमा छन् । गोतमकै कारण केशव स्थापितले महानगरको सम्पत्ति गोंगबु बसपार्क उनै महासेठको ल्होत्से बहुउद्देश्यीय सहकारीलाई सुम्पिए । ल्होत्सेले कबोल गरेको भाडा पनि महानगरलाई तिर्दैन ।

बसपार्क भित्र ल्होत्सेको दादागिरी चलेको छ । केशव स्थापित, वामदेव गौतम र माओवादीका कृष्ण केसीसम्मको पार्टनरसिपमा चलेको लुटको खोजिनीति भएको छैन । रघुवीर महासेठको राजनीति एकाएक खस्किएको छ । धनुषाबाट श्रीमान् श्रीमती दुबैले निर्वाचन जित्नुमा रसियन व्यापारी उपेन्द्र महतोका भाइ वीरेन्द्र महतोको हात छ । वीरेन्द्र अहिले जसपाबाट वर्तमान सरकारमा मन्त्री छन् ।

अहिले रघुवीर महासेठलाई एमाले प्रदेश अधिवेशनबाट बिजोग बनाएको छ । महासेठका पक्षका एकजना पनि पदाधिकारी चुनिएनन् । स्थानीय चुनावमा टिकट बेचेका रघुवीर महासेठकै कारण जनकपुरमा एमालेको संगठनअनुसार स्थानीय तहमा निर्वाचित हुन सकेनन् । महासेठले रामचन्द्र झा, प्रभु साहजस्ता नेतालाई खेदेका थिए । कार्यकर्ताको नेता बन्न नसकेका रघुवीरका कुरामा पार्टी अध्यक्ष केपी ओली पनि तर्केका छन् । २३५ सदस्यीय कार्यसमितिमा महासेठलाई पदाधिकारी बन्ने मौका जुरेन ।

सुमन प्याकुरेल, सरोज यादवको टिमले बाजी मा¥यो । चन्द्रेश्वर मण्डल प्रदेश अध्यक्ष भए । उनको टोलीका विचारी यादव, राजनारायण साहलाई अध्यक्षमा पत्याइएन । बरु विचारी सरोजको टिममा गएर उपाध्यक्ष बने । सरोज प्रदेश सभा संसदीय दलका नेता हुन् । पार्टीकै सचिव पदमा शिवशंकर साहलाई बनाउने रघुवीरको दाउ पनि सफल भएन । पार्टी विभाजन हुँदा अधिकांशह सांसद एकीकृत समाजवादीतर्फ लाग्दा रघुवीर महासेठको हैसियत खुम्चिएको हो । एमाले रघुवीरकै कारण मधेशमा कमजोर भएको हो । (तामकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *