प्रचण्ड आत्तिँदै

राजनीति समाचार

काठमाडौं । कांग्रेसमा विद्रोह भयो । नेकपा एमालेको इच्छा कोशीले पुरा ग¥यो । तर पहिचानवादीको आन्दोलन र प्रदेशको नामाकरणको लडाइँ उस्तै छ । केदार कार्कीले डा.शेखरको पार्टी विद्रोहलाई सघाए । जन विद्रोह सबैतिर सम्भव छैन । प्रदेशमै मन्त्रालय फुटाउने काममा डा.शेखरको साथ हुँदैन । आफ्नो समूहबाट एक मन्त्री राखेका कार्कीले अब दुई राज्यमन्त्री बनाउन डा.शेखरको सहमति छ । कार्की सफल भए, तर एमालेको योजना सफल भएन ।

पार्टी फुटाएर आफु प्रधानमन्त्री बन्नु छैन भन्ने डा.शेखरको पक्षका खाटी सांसद ३० जना हुन् । हिजो देउवाको पछि लागेर थाकेकाहरुले पनि डा.शेखरको विद्रोहलाई साथ दिएका छन् । देउवाको पछि लाग्दा मन्त्री पाइन्छ, डा.शेखरको पछि लाग्दा कोइराला परिवारको दास बन्नुपर्छ भन्ने बुझेका व्यापारी कांग्रेसीहरुले सिद्धान्त र विचारको कुनै ख्याल गर्दैनन् । कोशी विद्रोह उद्धव थापा विरुद्ध हो । थापा कृष्ण सिटौला पक्षधर भएकाले डा.शेखरले विद्रोह गरे । उनको पक्षका भनेर गनिएका ९ जना त देखिए तर दुई जना भने बेपत्ता भएका छन् । तिनको खोजीमा न त शेखर लागे, न त संस्थापन नै ।

कांग्रेस भित्रको लडाइँमा कोइराला परिवारको साथ खोजेर पाइँदैन । त्यो परिवार भित्रको राज्य दोहन आज पनि स्मरण गर्न लायक छ । सरकारमा ९ जना मन्त्री लिएर जनताको काम नगर्ने अपजस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादीलाई दिएर उम्कने प्रवृत्ति कांगे्रेसको सम्पत्ति हो । कांग्रेसका अर्थमन्त्री डा.प्रकाशशरण महतको असफलता देखिँदैछ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले वीर अस्पतालमा आतंक मच्चाए । जनताको उपचार छैन, नेताका लागि राज्यको ढुकुटी रित्याइएको छ । कांग्रेसले पैसाको व्यापार गर्छ, भ्रष्टाचारको नियन्त्रणमा ख्याल गर्दैन । डा.शेखर यस्ता कुरामा बोल्दैनन् ।

उनलाई माओवादी खेद्नु नै गणतन्त्रको रक्षा लाग्न सक्छ । नेकपा एमाले प्रधानमन्त्रीको लागि तयार हुन डा. शेखरलाई उचालेकै छ । बाग्मती प्रदेश र लुम्बिनीमा माओवादीको नेतृत्व छ । कोशीमा डा.शेखरले विद्रोह गरेपनि अन्य प्रदेशमा त्यस्तो छैन । ४० प्रतिशतको हकदार भएर बहुमत सदस्यलाई कठिन छ । महामन्त्रीद्वयको साथ र सहयोग यो विद्रोहले पाएन । डा.शेखरकै टिमका कानूनमन्त्रीले हत्याको आरोपी योगराज दाहाल रिगललाई कानूनी कारबाही फिर्ता गर्दा खबरदारी गर्ने नैतिक साहस गरेनन् । तर आदर्शका कुरा गर्नेले आफ्नै पार्टीका ९ मन्त्रीको कामको मूल्यांकन कति गरे ? यो प्रश्न मंसिरमा हुने महासमिति बैठक, नीति तथा सिद्धान्त भेलाले कसरी उठाउँछ त्यो अब धेरै छैन । (तामकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *