खाद्य प्रविधि विभागमा मतिना र किशोर खत्रीको रजाइँ

राजनीति समाचार

काठमाडौं । तलदेखि माथिसम्मै सेटिङ मिलाउने पारङ्गत भएपछि त्यस्ता कर्मचारीलाई कस्ले छुन र चलाउन सक्दो रहेछ र ? सामान्यता घर जान दुई तीन महिना अवधि बाँकी रहेका कर्मचारी चलाइदैनन् तर तत्कालीन प्रधानमन्त्री (कृषि मन्त्री समेत) रहेका शेरबहादुर देउवाले दुई महिना पछि अनिवार्य अवकाश पाउन लागेका सहसचिव उपेन्द्र रायलाई मन्त्रालयमा तानेर त्यहाँ मतिना वैद्यलाई खटाए । मतिना तिनै कर्मचारी हुन भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखिएको थियो ।

सोही अखाद्य अर्थात खानै नमिल्ने चिनीलाई खान योग्य भन्दै प्रमाणीत गरिदिन विवाद्स्पद् छविको कर्मचारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रणको साँचो सुम्पिएको हो । यसरी आयातित चिनीको गुणस्तर परीक्षण सम्बन्धमा प्रश्न उठेपछि कृषिका सहसचिव नारायणप्रसाद रेग्मी संयोजक, पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोईराला सदस्य रहेको समितिले चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको भन्दै महानिर्देशक जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न प्रतिवेदन पेश गरेको थियो ।

सो प्रतिवेदनले दोषी करार गरेको उनै वैद्यलाई कारवाहीस्वरुप घनश्याम भुषाल कृषि मन्त्री हुँदा डाँडा कटाएर कर्णाली प्रदेशमा सरुवा गरेर पठाइयो तर शक्तिकेन्द्रसँग नजिक भएकी वैद्य कर्णाली गइनन्,बरु १८ महिना बाग्मती प्रदेशको कृषि सचिव हुँदा अनेकन बदमासीमा मुछिइन । अहिले कृषि मन्त्री वेदुराम भुसाल हुँदा उनी पुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकको कुर्सीमा छिन् । उनीविरुद्ध अख्तियारमा उजुरीको चाङ छ तर बालकोटदेखि बूढानिलकण्ठसम्म मिलाएर फेरि सोही निकायमा खटिएर बदमासी जारी राखेकी छिन् । विभागको सबैभन्दा शक्तिशाली महाशाखा हो, क्वालिटी कन्ट्रोल जो मनिताले आफैले हेर्दै आएकी छिन् ।

भारतबाट बिषादी मिसिएका तरकारी आयात बढ्दो छ । त्यस प्रकारको विषादी मिसिएको तरकारी आयात भएको छ कि छैन भनेर हेर्नका लागि महेन्द्रनगर,धनगढी,जलेश्वर,विराटनग,काँकडाभित्ता,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल,तातोपानी लगायतका १२ ठाउँमा परीक्षण हुन्छ तर कुनै पनि ठाउँबाट अहिलेसम्म कैफियत देखिएको छैन । दैनिक भारतबाट लाखौं ट्रक तरकारी आयात हुँदा कुनै पनि तरकारीमा विषादी नदेखिनुको कारण के हो ? यस्को नेक्सस खोज्नुस विभागकै एक उपसचिवले भने ।

नेपालले भारतबाट आउने तरकारीहरुमा अर्गेनोफष्फेट र कार्बाेमेटको मात्र परीक्षण गर्दै आएको छ यी दुई बाहेक अरु केमिकलको परीक्षणै हुँदैन । खाद्य प्रविधिसँग सबै प्रकारका विषादीहरुको परीक्षण गर्न सक्ने उपकरण छ यद्यपि किन हुँदैन अरु पेस्टिसाइड को परीक्षण ? किन मतिनालाई नै दोह्रो¥याई÷तेह्रयाई सोही कुर्सीमा पु¥याइयो र बर्षाैसम्म चलाइदैन ? आरविपिआर नामक मेसिनले भारतबाट आयातित एउटै तरकारीमा एउटै कैफियत नदेखाइनुको कारण के हो ? सर्वाेच्च अदालतले समेत ताकेता गरिरहेको छ कि नयाँ प्रतिवेदन देउ भनेर तर खाद्यले भारतबाट आयातित तरकारीको बिषादी परीक्षण सम्बन्धमा नयाँ प्रतिवेदन पेश गर्न सकेको छैन ।

तरकारी आयातकर्ताहरुलाई आफ्नै निवासमा मोलाएर मतिनाले नजराना बुझ्ने गरेको एकाथरी कर्मचारीको आरोप छ । यसरी मतिनाका लागि कर्मचारीदेखि व्यापारी र विचौलियाहरुसम्मलाई भेटघाट गराइदिने र शुभलाभ उठाइने कर्म गर्दै आएका छन् किशोर खत्रीले । उनी मतिनाको दाहिने हातको रुपमा विभागमा परिचित छन् । अहिले किशोरलाई खाद्य प्रविधि महाशाखाको जिम्मेवारी दिइएको विभागले जनाएको छ । उनै मतिना,किशोरहरुका कारण शक्तिशाली मानिएको खाद्य प्रविधि विभाग सीमित कर्मचारीहरुका लागि मोलमोलाई गर्ने र अकुत आर्जन गर्न थलोमा परिणत बन्न पुगेको बताइन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *