भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड

राजनीति समाचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् ।

स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।

गएरातिको शक्तिशाली भूकम्पले जाजरकोटमा व्यापक जनधनको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *