भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न पार्टीका सङ्घ सङ्गठनलाई माओवादी केन्द्रको निर्देशन

राजनीति समाचार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न पार्टीका नेता कार्यकर्ता तथा सङ्घ सङ्गठनलाई निर्देशन दिएको छ । महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल उद्धारमा जुट्न निर्देशन दिएका हुन् ।

भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले सिङ्गो पार्टीलाई मर्माहत बनाएको भन्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै पार्टीले प्रभावकारी उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *