संघीय मामिला मन्त्रालयमा सञ्जय साहको रजाइँ

राजनीति समाचार

काठमाडौं । स्थानीय तहका कर्मचारीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्ने चलन छ । कतिपय स्थानीय तहमा त कर्मचारी सरुवा बढुवाको लागि मोलमोलाई गरेर लाने प्रचलन पनि छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री जुनसुकै पार्टीको बने तापनि कर्मचारीको नियन्त्रण गर्न सकेको देखिँदैन । मन्त्रीले केही स्थानीय तहका कर्मचारीलाई नियन्त्रणमा राखेर काम सुरु गरे पनि कर्मचारीहरुले मन्त्री नै फर्ने काम नगरेका होइनन् ।

कतिपय कर्मचारीले त मन्त्री फेर्ने काम गर्छन् नै । तर, संघीय मामिला मन्त्रीले कर्मचारीलाई नियन्त्रण गर्नेभन्दा पनि कमाउ धन्दामा रमाउँदै आएका छन् । यतिबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी सिंहलाई तराइका ८ वटा जिल्लाका स्थानीय जनप्रतिनिधिहरुले आफूअनुकूलको काम गराउन कर्मचारी पठाइदिन आग्रह गरेका थिए । तर, ती ठाउँमा कर्मचारी पठाउनको लागि मन्त्री र तिनका सहयोगीहरुले ३ देखि ५ लासम्मको बार्गेनिङ्ग गर्ने गरेको स्रोतको भनाइ छ । मन्त्रीका श्रीमान सञ्जय साहले कर्मचारी सरुवा बढुवाको नाम लिष्ट तयार पारी कर्मचारी सरुवा गर्ने गरेका छन् ।

मन्त्री अनितादेवीसँगै उनका श्रीमान सञ्जय साह मन्त्रालयमा जाने कर्मचारी सरुवा, बढुवामा मोलमोलाई गर्ने काम गरेको पनि बताइन्छ । तराइका ८ जिल्लाका अधिकांश स्थानीय तहमा उपसचिव र सहसचिव स्तरका कर्मचारी पठाइदिन मन्त्रीसमक्ष जनप्रतिनिधिले आग्रह गरेपछि मन्त्रीका श्रीमान सञ्जय साहले ठाउँ हेरी कर्मचारीबाट पैसा असुल गरी कर्मचारी पठाउने काम गर्दै आएका छन् । कतिपय स्थानीय तहका कर्मचारी त मन्त्रीको नजिकसमेत पर्न छाडेका छन् । यो त एउटा उदाहरण मात्रै हो । एकातिर मन्त्रीको उठाउने दाउ, अर्कोतिर कर्मचारी कमाउ धन्दामा लिप्त हुँदा विकास निर्माणका काम अलपत्र पर्ने गरेका छन् ।

अधिकांश स्थानीय तह, प्रदेश र संघमा राजनीतिक दलका नेताहरु र कर्मचारीले घुसबिना कुनै काम गर्दैनन् । त्यस कारण मुलुक अधोगतितिर धकेलिँदै छ । मुलुकमा जुनसुकै राजनीतिक दलले सरकार बनाए तापनि एक वर्षभन्दा बढी कुनै सरकार टिक्न सकेको छैन । तर, कर्मचारी भने ३० औं वर्ष जागिर खाने, भ्रष्टाचार गर्ने, विभिन्न खेलोफड्को गरी अकुत सम्पत्ति कमाउने, जनताको काममा ध्यान नदिने गर्दै आएका छन् ।

कर्मचारीहरुले जागिर खाउन्जेल विभिन्न सेवा, सुविधा लिने, अवकासप्राप्त भएपछि उपदान र पेन्सन खाने गर्दछन् । कर्मचारीहरुलाई आजीवन पेन्सन दिने चलनले गर्दा पनि पनि मुलुक आर्थिक मन्दीको चपेटामा पर्दै गएको छ । अहिलेको आर्थिक मन्दी पनि कर्मचारी, मन्त्री र राजनीतिक दलका नेताहरुको कारण भएको हो । यसमा सम्बन्धित निकायले ध्यान नदिने हो भने देश झन् संकट ग्रस्त अवस्थातिर नजाला भन्न सकिँदैन । सरुवा, बढुवामा मन्त्रीले घुस खाने प्रचलनले गर्दा कर्मचारीहरु भ्रष्टाचारी बन्दै गएका हुन् भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *