राजश्व छली नियन्त्रण हाम्रो प्रमुख उद्देश्य

राजनीति समाचार

राजश्व अनुसन्धान विभाग,नवराज अधिकारी, सुचना अधिकारी
पछिल्लो समय राजस्व छली एवम् चुहावटका घटना बढेको आकलन गर्दै त्यस्ता गतिविधिलाई रोक्न राजस्व अनुसन्धान विभागले सक्रियता देखाएको छ । राज्यलाई ढाँटेर अकुत सम्पत्ती आर्जन गर्ने जो कोही विरुद्ध पनि विभागले निर्दयी बनेर कार्वाही गर्ने छ । भन्सारतर्फ धेरै राजस्व चुहावट भएको आकलनमा मुख्य नाकाहरुमा विभागले निगरानी बढाएको छ ।

विभागले निगरानी बढाएपछि भन्सारतर्फको राजस्वमा समेत सुधार आउन थालेको छ । नेपालबाट वस्तु आयातनिर्यात हुने विराटनगर भन्सार नाका, वीरगन्ज भन्सार नाका, सुनौली भन्सार नाका, मेची भन्सार नाका, त्रिभुवन विमानस्थल भन्सारमा विभागले निगरानी बढाएको छ ।

सूचनाका आधारमा शंकास्पद व्यापारी र वस्तु नियन्त्रणमा समेत लिने क्रम बढाएको छ । आन्तरिक तथा भन्सारतर्फ जहाँ जसरी राजस्व चहावट भए पनि यस निकायले निगरानी राख्छ । तत्काल कारबाही गर्न सक्नेदेखि अदालतमा मुद्दा बुझाउन सक्नेसम्मको अधिकार यस निकायलाई छ । चुहावट रोकेर नै सरकारको कोष घाटापूर्ति गरिदिने हाम्रो प्रमुख दायित्त हो ।

राजश्व मार्न पल्किएका व्यापारी,उद्यमीदेखि विचौलियाहरु एक पछाडि अर्काे गरी राजश्व विभागको फन्दामा पर्न थालेका छन् । पछिल्लो समयमा राजस्व चुहावट र छली गर्नेले विभिन्न उपाय अपनाउँदै आएका छन् । राजस्व चुहावट गर्नेले न्यून विजकीकरण गर्ने, झुटा अनुमतिपत्रबाट निकासी पैठारी गर्ने, वस्तुको गलत घोषणा गर्ने, ठाडो तस्करी गरी राजस्व चुहावट तथा छली गर्ने गरेका छन् ।

यसैगरी राजस्व छली गर्दा अधिक जिविकरण, काजजात नक्कली बनाएर, नक्कली वस्तु आयात निर्यातबाट, करमुक्त वस्तु बजारमा बेचेर तथा बिलबिना नै बिक्री वितरण गरेर राजस्व छली हुने क्रम बढिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *