श्रममन्त्री भण्डारी र सचिवको कमाउ धन्दा कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी योसहित १८÷१९ पटक मन्त्री भएको चर्चा गरिन्छ । भण्डारी पटक–पटक मन्त्री भए तापनि उनको काम भने सून्य भएको छ । विभिन्न मन्त्रालयमा मन्त्री भएको अनुभवले पनि राम्रो काम गरेर देखाउनुपर्नेमा उनले त्यो गर्न सकेका छैनन् । अहिले श्रम तथा रोजगारमन्त्री जति निकम्मा अन्य मन्त्रीहरु देखिँदैन । श्रम तथा रोजगार मन्त्रालयमा केवल भण्डारी सचिव रहेका छन् । सचिव भण्डारीको जागिरे अवधि सकिने दिन पनि नजिकिँदै छ । भण्डारीको जागिरे अवधि आगामी चैत २० गतेसम्म रहेको छ । त्यो अवधिमा सचिव भण्डारीले कमाउ अड्डामा आफ्ना ओरिपरिकालाई फिट गरेर कमाउधन्दा चलाइरहेका छन् ।

उता मन्त्री भण्डारीसँग कुरा नमिलेपछि तत्कालीन श्रम सचिव एकनारायण अर्याललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर केवल भण्डारीलाई श्रममा ल्याइएको थियो । मन्त्री भण्डारी र सचिव भण्डारीको मिलेमतोमा कमाउ धन्दा सुरु भएको छ । मन्त्रीले गर्नुपर्ने कामहरु सही ढंगले गर्न नसक्दा अधिकांश युवाहरु वैदेशिक रोजगारीको नाममा ठगिने गरेका छन् । मन्त्रीकै इसारा अनुसार वैदेशिक रोजगार विभागअन्तर्गत ताहचाल शाखा कार्यालयमा मलेसिया शाखा, कतार शाखा, साउदी शाखा र बहराइन शाखाबाट पूर्व स्वीकृति, अन्तिम स्वीकृति र रिइन्ट्री दिने चलन छ । ती शाखाहरुबाट मन्त्री र सचिवलाई महिनावारी नजरना आउने गर्दछ । ठूला–ठूला मेनपावर कम्पनीहरुले आफ्नो फाइदाको लागि मन्त्री र सचिवलाई गुमरामा पारेर नजरना टक्र्याउने गरेका छन् ।

त्यसको फाइदासँगै मन्त्री र सचिवले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई ठगिनबाट जागाउन सकेका छैनन् । अधिकांश युवायुवतीहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेसिने गरेका छन् । विदेसिएका युवायुवतीहरु अधिकांश विचल्लीमा पर्दा पनि मन्त्री र सचिवले गर्नुपर्ने सहयोग गरेको पाइँदैन । उल्टै विचौलिया र मेनपावर सञ्चालकसँग मन्त्री र सचिव मिलेर कमाउ धन्दामा व्यस्त छन् । अधिकांश ठूला मेनपावर सञ्चालकहरुले विभिन्न बहानामा मन्त्री र सचिवलाई विदेश घुमाउने गरेका छन् । अहिलेका मन्त्रीहरु मध्येमा श्रम तथा रोजगारी मन्त्री भण्डारी भाग्यमानीमा पर्दछन् । भण्डारी श्रममन्त्री भएको वर्षदिन नपुग्दै थुप्रै देश घुम्न सफल भइसकेका छन् ।

उनले विदेश मात्रै घुमेका छैनन् १७६ देशमा नेपाली युवायुवतीहरु रोजगारीको लागि जान पाउने श्रम सम्झौता पनि गरेका छन् । त्यसले कत्तिको सार्थकता पाउने हो एकिन भइसकेको छैन । तर, मन्त्री र सचिवले वैदेशिक रोजगार बोर्डको पैसामा विदेश घुमफिर गरेर मोजमस्ती गरिराखेका छन् । विदेश घुम्नुका साथै वैदेशिक रोजगार बोर्ड र विभागमा आफ्ना मान्छे पनि सेटिङ गरेका छन् । मन्त्री र सचिव मिलेर कमाउ धन्दाको सेटिङ गरेका छन् । उता सचिवको जागिरे अवधि पनि समाप्त हुने बेला भएपछि मन्त्रीको जागिर पनि कहिले खुस्किने हो एकिन छैन । मन्त्री र सचिवको मिलेमतोमा कमाउ धन्दा श्रम तथा रोजगार मन्त्रालयमा राम्रैसँग फस्टाएको छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *