प्रसाईंको डरमा एमाले

राजनीति समाचार

काठमाडौं । मेडिकल माफिया दुर्गा प्रसाईंले चलाएको आन्दोलन विरुद्धको अभियानले नेकपा एमालेका अध्यक्ष केपी ओली आतंकित भएका छन् । अधिकांश भ्रष्टाचारमा केपी ओली प्रथम थिए । ४१ महिने ओली सरकारमा नीतिगत भ्रष्टाचारमा सफल थियो । ठूलो खर्चमा सरकारी भवन मन्त्री र प्रदेश प्रमुखहरुको राजधानीभित्रै ठूला महल बनाउने काम पनि भए । सडक, बत्ति, खानेपानी भन्दा भ्यूटावर, पानीजहाज, भिर पाखामा रेल कुदाउने ओलीको सपना थिए । साइबर प्रचारले सामाजिक सञ्जाल भरिएकै थिए ।

माओवादी, एमाले हुँदै राजावादी बनेका दुर्गा प्रसाईंले नेताहरुको भण्डाफोर गर्ने मात्रै होइन बैंकहरुको चक्रवृद्धि ब्याजको भण्डाफोर गरेपछि केपी ओली बढी आतंकित भएका छन् । प्रसाईंलाई कालो दल्ने, घेर्नेसम्मका काम युवा संघले ग¥यो । महेश बस्नेत अध्यक्ष केपी ओलीको संरक्षणमा जुट्ने नै भए । पछिल्लो पटक प्रसाईंले केपीले भ्रष्टाचार गरेर कम्बोडियाको टेलिकममा लगानी गरेको कुरा आयो । यो प्रचार आज भएको होइन । ओली सत्ताको चरमोत्कर्षमा पुगेकै बेला भयो । तर ओलीले चुच्चे नक्सा संसदबाट पास भएपछि भारतीय संचारमा आफ्नो विरोध भयो भन्न थालेका छन् । तर चुच्चे नक्सा समेटिएको पाठ्यपुस्तक छपाई वितरण गर्न नदिएको राष्ट्रवाद चर्चित छ ।

प्रसाईंले चलाएको प्रचार आतंकले देश हल्लिएको छ । एमाले अध्यक्ष केपी ओलीले कम्बोडिया लगानी नयाँ तुरुप होइन । कम्युनिष्टको नाममा केपीको लुटले देशको वैदेशिक ऋण बढणउन साथ दियो । अहिले प्रतिव्यक्ति ऋण रु ८५ हजार २३३ पुग्यो । एमाले सरकारको ४१ महिना नीतिगत भ्रष्टाचार र ठेक्कामै बितेको थियो । गल्ती गर्दा आतंकित भइन्छ भन्ने हेक्का एमाले नेता ओलीमा भएन । उनले नेतृत्व लिएपछि एमाले सशक्त छैन । माफियाकरणले राष्ट्रिय सम्पत्ति ध्वस्त बनायो । समृद्धि र विकासका कुरा चर्काे गर्ने काम भने एकलौटी माफियाकरणसँग मिलेर गर्दा ओलीविरुद्धको आक्रमणले अस्थिरता बढाएको छ ।

मंसिर ७ गते दुर्गा प्रसाईंको नागरिक सचेतना अभियानले बैंकर र राजनीतिज्ञहरुको लुटको भण्डाफोर हुने भएको छ । ठूला दलहरुको असफल राजनीतिले दुर्गा प्रसाईंहरु मच्चिएका हुन् । नेताले गल्ती गरेका कारण आतंकित छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *