स्वतन्त्रको रोग पार्टीमा मात्रै होइन कर्मचारीमा पनि सल्कियो

राजनीति समाचार

काठमाडौं । स्वतन्त्रको रोग अब दलहरुमा मात्रै नभएर कर्मचारीमा पनि सल्कििन थालेको छ । राजनीतिक दलका शीर्ष नेताहरुको परिवारवाद, भ्रष्टाचार, अनियमितता र अकमेण्यताका कारण स्वतन्त्रहरु जन्मिएका फैलिँदै छन् । स्वतन्त्रहरुको नाममा कसैले पार्टी बनाएका छन् भने कसैले कुनै न कुनै झुन्ड बनाएर सडक तताउन थालेका छन् । त्यस्तै राजनीतिक दल निकट कर्मचारी संगठनहरुको बिरुद्धमा पनि स्वतन्त्र कर्मचारीहरु जुरमुराउन थालेका छन् ।

नेपाली कांग्रेस निकट कर्मचारी संगठनहरुले आफ्नो दल निकट कर्मचारीको मात्रै भलाइ गर्ने, एमाले निकटले एमाले निकटकालाई मात्रै हेर्ने र माओवादी केन्द्र निकटकाले पनि आफ्नो पार्टी निकट कर्मचारीको मात्रै रेखदेख गर्ने भएपछि अन्य स्वतन्त्र विचार राख्ने कर्मचारीहरु दल निकट कर्मचारी नेताविरुद्ध संगठित हुन थालेका छन् । अहिले राजनीतिक दल निकट कर्मचारी संगठन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, मधेसी दललगायतका छन् ।

अन्य दल निकट कर्मचारी संगठनहरु छैनन् । ती अन्य साना दलनिकट कर्मचारीहरु पनि स्वतन्त्रतिर केन्द्रित हुन थालेका छन् । त्यसको नेतृत्व पशुपति पोखरेलले गरेका छन् । स्वतन्त्र कर्मचारीहरुको हकहितको लागि आन्दोलन गर्दा पोखरेल पटकपटक पक्राउ पर्ने गर्दै आएका छन् । तर, अन्य दल निकट कर्मचारी संगठनका नेताहरु भने पोखरेललाई संगठन गर्न नदिन हात धोएर लागिपरेका छन् । पार्टी निकट कर्मचारी संगठनका नेता र स्वतन्त्र कर्मचारी नेताबीच वाक युद्ध नै सुरु हुन थालेको छ ।

स्वतन्त्र कर्मचारीहरुले दल निकट कर्मचारीविरुद्ध विभिन्न माग राखेर आन्दोलन छेडिसकेका छन् । स्वतन्त्र कर्मचारीहरुको माग यस प्रकार रहेको छः राज्यले स्थायी संयन्त्रको रुपमा विधि र पद्दतिमा रही क्रियाशील रहँदै उच्च गरिमा कायम राखेको नेपालको निजामती प्रशासनलाई ध्वस्त पारी खास अदृश्य शक्ति÷समूहको अभिष्ट पुरा गर्न हालैका दिनमा राष्ट्रसेवक निजामती कमृचारीहरुलाई बलिको बोको बनाउने कार्य भैरहेको छ । हामी उक्त कार्यको घोर भत्र्सना गर्दछौं ।

नेपालको निजामती प्रशासनको साख जोगाउन निरन्तर निष्ठापूर्वक उत्तरदायित्व बहन गरिरहेका हामी कर्मचारीहरु यस संकटमा एकजुट भई यस षड्यन्त्र विरुद्ध मुकाबिला गर्न तयार रहेका छौं । यस अघि पटक–पटक सरकारी कर्मचारीहरुले सम्बन्धित निकायमा गरिएको ध्यानाकर्षण र बुझाइएका मागहरु प्रति बेवास्ता गरी हाम्रा माग पुरा नगरेका कारण फेरि तपसिल बमोजिमका माग पुरा गर्नका लागि निम्नानुसारको संघर्षका कार्यक्रम घोषणा गर्न वाध्य भएका छौं । यसमा ऐक्यबद्धता र उपस्थितिसहित समर्थनका लागि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा अपिल समेत गर्दछौं ।

– निजामती कर्मचारीहरको मान–मर्दन गर्ने कार्य बन्द गर, टिप्पणी पेश गर्नेलाई कारबाही, निर्णय गर्नेलाई उन्मुक्ति हामीलाई मान्य छैन ।
–कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तुरुन्त जारी गर ।
–उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर ।
–जहाँ सकार त्यहाँ ट्रेड युनियन अधिकार कायम गर भन्ने मान्यता स्थापित गर्न एक मात्र अधिकारिक ट्रेड युनियनको व्यवस्था गरी तुरुन्त निर्वाचन गर ।

–सचिव, सहसचिवहरुको सरुवा एक वर्षभन्दा कम समयमा नगर । सरुवामा चक्रिय÷अनुमान योग्य प्रणालीसहित निजामती सेवा ऐन तथा नियमावलीको पूर्ण पालना गर ।
–निजामती कर्मचारी अस्पताललाई कर्मचारीमैत्री बनाई सेवामा सुधार गर ।
–पदसोपानिक मर्यादाक्रम अनुसार तलब समायोजना गर ।
–नेपाल सरकारका कार्यालयहरुका सवारी साधान र इन्धनको उचित व्यवस्थापन गर । मन्त्री, सचिव वा कार्यालय स्तरीय निर्णयबाट हुने सवारी साधनको हस्तान्तरण कार्य बन्द गर । सरुवा हुँदा सवारी साधन साथै लिएर जाने उच्च प्रशासकहरुको कार्य बन्द गर ।
–करार, ज्यालादारी कर्मचारीहरुको उचित तरिकाले दीगो व्यवस्थापन गर ।
–कार्यस्थलमा कर्मचारीहरुको सेवा सुरक्षा कायम गर, कर्मचारीहरु माथि आक्रमण गर्नेहरुको सर्वस्वहरणसहित जेल चलान गर ।
माथि उल्लेखित माग राखेर स्वतन्त्र कर्मचारीहरु आउन्दोलनमा उत्रिँदै गएका छन् । तिनीहरुले राखेको माग प्रति न त सरकारले ध्यान दिएको छ, न त राजनीतिक दलहरुले नै सोचेका छन् । स्वतन्त्र कर्मचारीहरुको आन्दोलन भने भुसको आगो झैं भित्रभित्रै फैलिँदै गएको छ ।
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *