ल्यारक्यालले लुम्बिनी विकास कोष डुबाउँदै

राजनीति समाचार

काठमाडौं । बद्नाम पात्र माओवादीले बनाएर लुम्बिनी विकास कोषको नेतृत्व सुम्पने प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ल उठाउन सक्रिय छन् । ल्यारक्याल लामाजस्ता बद्नाम पात्रको कानूनी छेकथुनको निष्कर्ष नआउँदै सरकारले दुई नागरिकता, दुईवटा पासपोर्ट भएका लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएर भद्रगोल बनाएको छ ।

आर्थिक रुपमा विवादित लामा बैंकको लकरमा पेस्तोल र गोली राख्ने बुद्ध धर्मका अनुयायी हुन् । माओवादीको नाममा ठेक्कापट्टा व्यवसाय चलाउँदै आएका मोहम्मद ओकिल मुसलमानको तर्फबाट कार्यभार सम्हाल्न गएपछि ७ लाख कुम्ल्याएका छन् । प्रधानमन्त्री दाहालका सचिवलायका रमेश मल्लले देशमा तिनै ठेकेदारसँग २५ लाख खाइदिएका छन् ।

माओवादीको नाममा सत्तामा रमाउने पैसा खानेहरु बढेका छन् । माओवादीको सत्ता यही बेला हो ।, अबका दिनमा त्यो पार्टीलाई जनताले मत नदिने अवस्था खडा गरेका छन् । जो अहिले सरकारमा बसेर देशमा भ्रष्टाचार चलाएका छन् । लुम्बिनी प्रदेशमा लुम्बिनीको पूर्वाधार विकासमा कोषले गम्भीरता देखाएको छैन । पैसामा लामाको ध्यान जाँदा संस्था डुबेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *