लौ पढ्नुहोस्, लुइँटेल र झम्कनाथको रामकहानी

राजनीति समाचार

काठमाडौं । पहिला सर्वसाधारणले जागिर खानको लागि बहालवाला उच्च ओहदाका कर्मचारीको चाकडी गर्ने गर्दथे । त्यतिबेला दरबार नजिकको नेता र उच्च ओहदामा कार्यरत कर्मचारीको चाकडी गरेपछि हुकुम प्रमाङ्गीबाट सोझै जागिर खान पाउने चलन थियो । जब नेपालमा बहुदल र निर्दलबीच आन्दोलन भएपछि दलहरु जन्मिँदै गए । तिनै दलहरुको आडमा उभिएर सर्वसाधारण जनताहरु जागिरको लागि ताँती लाग्न थाले । त्यो सिस्टम बिस्तारै लोकसेवा आयोगतिर छि¥यो ।

लोकसेवामा छिरेपछि लिखित पास गरेपनि मौखिकमा भनसुन र पैसा लेनदेनमा सीमित हुने गरेको छ । तर, राजनीतिक दल निकट कर्मचारी संगठनका नेताहरु भनसुनसँगै पार्टी र नेताको वरिपरि घुम्ने जागिर खाने र मालदार ठाउँमा सरुवा हुने क्रम पनि जारी छ । तर, कतिपय कर्मचारीहरुले पार्टीको नाम भँजाएर पुस्तौपुस्तालाई पुग्ने सम्पत्ति पनि आर्जन गरेका छन् ।

त्यसको गतिलो उदाहरण बनेका छन्, माओवादी निकट कर्मचारी रामप्रसाद लुइटेल र झम्कनाथ ढकाल । मुलुकमा जब माओवादी नेतृत्वको सरकार आउँछ अनि झम्कनाथ ढकालको दिन खुल्छ । उनी सधैं मालदार कमाउ अड्डामा मात्रै बस्न रमाउँछन् । ढकालको काठमाडौंमा मात्रै घर, घडेरी हेर्ने हो भने जो कोहीको होस हवास उड्छ । ढकालको काठमाडौं उपत्यका भित्र कति सम्पत्ति छ भन्ने कुरा उनलाई पनि थाहा छैन, भन्दै थिएक उनी निकट एक कर्मचारी ।

उता, अर्का माओवादी निकट कर्मचारी रामप्रसाद लुइटेलको त कुरै नगरौं । लुइटेल कहिले सहायक सिडियो बन्छन् । कहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बस्छन् । कहिले उद्योग विभागको मालदार शाखातिर पुग्छन् । हुँदाहुँदा लुइटेलले तत्कालीन उद्योग विभागका डिजी रामचन्द्र तिवारीलाई हटाउन खोज्दा उनी आफै हट्नुप¥यो । उद्योगबाट हात धोएपछि उनी फेरि राजश्व अनुसन्धान विभाग इँटहरिमा पुगेका छन् । इँटहरिको राजश्व कार्यालयमा बसेर लुइटेलले तर मारिराखेका छन् ।

वडा दशैं र दीपावलीको मौका छोपेर लुइटेलले व्यापारीहरुसँग करोडौं असुलेको कर्मचारी स्रोतको भनाइ छ । हुन पनि लुइटेलले भक्तपुरको बालकोटमा जग्गा खरिद गरी आलिसान महल बनाएका छन् । के हो ? लुइटेलजी माओवादीको नाममा राम्रै कमाउनुभयो भन्ने भनाइ छ नि भन्दा उनी भन्छन्, ‘कहाँ माओवादीको नाममा कमाउनु मैले त माओवादी छाडीसकेँ, अहिले त म केपी ओलीको फ्यान भइसकेको छु ।’

यसरी कहिले माओवादीको नाममा त कहिले एमालेको नाममा लुइटेलले कमाउने गरेका छन् । अहिले लुइटेलको नाम राजश्व अनुसन्धान कार्यालय इटहरितिर कमाउ धन्दामा चर्चित छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *