सुरक्षा निकायभित्र तामाकोशीको समाचार प्रभाव

राजनीति समाचार

काठमाडौं । सुरक्षा निकायभित्र जब उच्च तहमा बढुवा हुने बेला हुन्छ अनि राजनीतिक दलहरुको चलखेल सुरु हुन्छ । त्योसँगै सुरक्षा अधिकारीभित्र नागरिकता, शैक्षिक योग्यता र नैतिकताको पोलखोला खोल हुन्छ । त्यसैलाई आधार बनाएर उच्च निकायमा पुग्न नसकेपछि राजीनामा दिएर सेवाबाट बाहिरिने गरेका घटनाहरु विगत कालखण्डदेखि हुँदै आएका छन् । त्यसको फाइदा कनिष्ठ तथा अयोग्य व्यक्तिहरुले उठाउने गरेका घटना पनि सार्वजनिक नभएका होइनन् ।

त्यस्तो फाइदा उठाउनेमा सबैभन्दा धेरै नेपाल प्रहरीभित्र रहेका छन् । दोस्रोमा सशस्त्र प्रहरी, गुप्तचर प्रहरी र तेस्रोमा नेपाली सेना पर्दछन् । अहिले नेपाली सेनाभित्र भावी सेनापति पदको लडाईँ भइरहँदा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा उमेर फरक परेको विवादको कारण नेपाली सेनाका रथी ताराध्वज पाण्डे राजीनामा दिन वाध्य भएका छन् । नेपाली सेनाभित्र पाण्डे र अशोक सिग्देलको समाचार तामाकोशी सन्देश साप्ताहिकले वर्ष १२ अंक ५१ गत साउन ३१ को अंकमा प्रकाशित गरेको थियो । उक्त समाचार तामाकोशी सन्देशले प्रकाशित गरेपछि केही ठूला दैनिक मिडियाहरुले नेपाली सेनाभित्रको नालीबेलीसहित थप समाचार बाहिर ल्याएका थिए ।

त्यसै विषयलाई लिएर तामाकोशी सन्देशले वर्ष १३ अंक ११ कात्तिक २२ गते रक्षामन्त्री, रक्षासचिव, सेनाका रथी ताराध्वज पाण्डे र अशोक सिग्देलको समाचार पनि प्रकाशित गरेको थियो । त्यो समाचार तामाकोशी सन्देशले बाहिर ल्याएपछि रथी ताराध्वज पाण्डेको नागरिक र शैक्षिक योग्यताको प्रमाणपत्रमा उमेर फरक देखिएको थियो ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र र क्याम्पसको प्रमाणपत्रमा जन्ममिति फरक देखिपछि विवाद सुरु भएको थियो । उनको परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्ममिति २०२१ साल माघ १२ गते रहेको देखिन्छ भने नागरिकतामा जन्ममिति २०२३ मंसिर १३ गते भएको पाइन्छ । नेपाली सेनाजस्तो सम्वेदनशील क्षेत्रभित्र उच्च पदस्थ व्यक्तिको शैक्षिक योग्यता र उमेर हदको विवादका कारण नैतिक प्रश्न खडा भएको छ । अहिले सुरक्षा निकायभित्र यस्ता शैक्षिक योग्यता र नागरिकतामा उमेर सच्याएर जागिर खानेहरुको भीड नै हुन सक्ने आँकनल गर्न थालिएको छ ।

त्यस्तै नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीले पनि जागिर प्रवेश गर्दा उमेदर ढाँटेको समाचार तामाकोशी सन्देशले वर्ष १३ अंक ११ कात्तिक २२ गते प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीको जन्ममितिको बारेमा छानविन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रालयलाई आग्रह गरेको छ । तर, ज्ञवालीको उमेर विवादबारे अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *