मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

अर्थ/वाणिज्य समाचार

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज मंसिर १२ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ८ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन लिन सकिनेछ ।

सीडीएसीका अनुसार सोमबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख ५७ हजार ८२८ आवेदकहरुबाट १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार १५० कित्ता सेयर माग भएको छ ।

कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *