भ्रष्ट मन्त्री हटाउन प्रचण्ड माथि दबाब

राजनीति समाचार

काठमाडौं । सरकारमा पुगेर जनताको भन्दा बिचौलिया र भ्रष्टाचारीको काममा बढी चासो दिने मन्त्री फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिने क्रम बढेको छ । माओवादीमा उर्जामन्त्री शक्ति बस्नेत संचारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराँतीलाई नहटाएसम्म पार्टीको बद्नामी नहट्ने निष्कर्ष निकालेको छ । कांग्रेसमा पनि भ्रष्ट मन्त्रीको भिड छ । अर्थ, परराष्ट्र, समाजकल्याण, उद्योग मन्त्रीको मात्र होइन, स्वास्थ्य मन्त्री मोहन बस्नेतको भ्रष्टाचारको श्रृखंला बन्दैछ ।

प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रमलाई चुस्त बनाउन जोड दिए । तर माओवादीकै पार्टीका मन्त्रीले बिचौलियाको कामलाई बढी जोड दिएका छन् । त्यो कुराको छनक ३३ अर्ब राजस्व उठाउनुपर्ने एनसेललाई विनोद चौधरीले २७ अर्ब राजस्व नतिरेको स्मार्ट फोनको लाइसेन्स भिडाउनुले पुष्टि गर्छ, नेकपा एसले २ जना मन्त्री फेर्ने भनेको छ । त्यो पार्टीका ठेकेदार किसान र प्रेम आले मन्त्री बन्न लागिपरेका छन् । पार्टीले पाएका दुबै मन्त्रालयमा मन्त्रीहरुको अनुभवहीनताले ठेकेदारले काम गरेको पैसा नपाउने, किसानले मल र बिउ नपाउने, आफ्नो उत्पादनको मूल्य नपाउने अवस्था छ । कम्युनिष्ट नेताले हाँकेको मन्त्रालयको यथार्थ हो यो ।

सरकारको नेतृत्व बद्नाम भएको छ । माओवादी भित्र जनार्दन शर्मा र वर्षमान पुनः अर्थ र गृह ताकेर बसेका छन् । जनार्दनको कोटाका शक्ति बस्नेत, कृष्ण महराको कोटामा रेखा शर्मालाई उर्जा र संचारमन्त्री बनाइयो । सुदन किराँतीले हल्ला बढी गरेका छन् । ऋणमा डुबेको वायुसेवा निगमलाई ऋण मुक्त नगर्ने भ्रष्टाचारीलाई फाइदा पुग्ने गरी एयरपोर्ट बनाउने र जहाज किन्ने होडबाजीमा माओवादी मन्त्री छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत नागरिक उन्मक्ति गरी सात पार्टीको संयुक्त

सरकारको काम भत्ता र सत्तामा केन्द्रीत छ । जनताको सेवा तर्फ ध्यान कसैको छैन ।
आर्थिक क्षेत्र चलायमान बनाउन नसक्ने पात्र अर्थमन्त्री छन् । जसले जनताको साथ पाउने गरी कुनै नीतिगत सुधार गर्ने ल्याकत राख्दैन । त्यस्ता मन्त्रीबाट कांग्रेसले जस पाएन भने सरकारले कसरी पाउँछ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *