नेपाल प्रहरीमा आरजु आतंक !

राजनीति समाचार

काठमाडौं । कुनै पनि निकाय कानून र विधिले चल्न पाउँथे भने निष्पक्षताले अर्थ राख्छ । सेवाग्राहीले समयमा सहयोग पाउँछन् । तर नेपालको दलीय भ्रष्ट राजनीतिले कुनै सेवामा सुधारको कुरै छाडौं समयमा न्याय दिएन । बहुदलमा कांग्रेस एमालेको रजाइँ भयो, लोकतन्त्रमा माओवादी र मधेशवादी मात्र थपिएनन् । जातजाति पनि जोडिए ।

राज्यका प्रत्येक क्षेत्र ध्वस्त भएको छ । अहिले कांग्रेसको रजाँइमा प्रशासन चल्दैछ । किनकि सरकारको ठूलो हिस्सा उसकै छ । अर्थतन्त्र ध्वस्त, कालोबजार चम्केको छ, भ्रष्टाचारको शिर देउवा निवास बन्दैछ । त्यहाँ राजनीतिक चेतना नभएकी डा.आरजुको रजाइँ छ । सभापति शेरबहादुर देउवा मौन छन् । देउवा त मन्त्री श्रेष्ठकै पद खोस्न चाहन्थे, तर प्रधानमन्त्रीले अडान लिए ।

हो तिनै डा.आरजुको दबाबमा नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीविरुद्ध जन्ममितिको फण्डा उचालेर जागिर खोस्ने योजना बन्दैछ । जबकि त्यो विषय २ वर्ष अगाडि अख्तियारले छानबिन गरेर प्रहरी सेवा ऐन र नियमावली अनुसार ज्ञवालीको सेवा प्रवेश भएको निष्कर्ष निकालेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको छानबिनमा डा.आरजु र मञ्जु मात्र थिएनन्, नैनकला थापा, राजेश्वर स्थापित, ब्रजेश बज्राचार्यको नाम थियो । यिनीहरु एमालेका अध्यक्ष केपी ओलीको संरक्षणमा थिए ।

डा.आरजुकै दबाबमा एआईजी ज्ञवाली एसएसपीद्वय डा.मनोज केसी र दानबहादुर कार्कीको पनि ६ महिनामै सरुवा भएको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं हजम गर्ने गरी कम्युनिष्टकालका बेला केपी शर्मा ओलीले बनाएको बाटो फराकिलो पार्न गृहले बनाएको ओली सरकारको प्रतिवेदन कांग्रेसका बालकृष्ण खाँड गृहमन्त्री भएका बेला परिवर्तन गरेर सयौं नेपाली ठग्ने कामको पर्दाफास गृहमन्त्री नारायणकाजी श्रेष्ठको आगमनसँगै भएको थियो । त्यो बेला सरकारलाई सघाउने ज्ञवाली, कार्की र केसी अग्रस्थानमा थिए । अहिले डा.आरजुको हस्तक्षेप त्यही हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *