डा.स्वर्णिम र रविको भिडन्त !

राजनीति समाचार

काठमाडौं । पार्टी बनेको छैन, सिद्धान्त र दृष्टिकोण छैन । ठूला दलका नेताको असफलताको फाइदा उठाएर नेताप्रति उर्लेको आक्रोश टिपेर स्वतन्त्र पार्टी बनाएका रवि लामिछाने पनि एमालेका केपी ओलीकै लाइनमा हिँडेका छन् । चुनावले दिएको जनादेशको ख्याल नगरी संसदको एक वर्षे कार्यकाल पुस १० गते सकिँदैछ ।

यो वर्ष राजनीतिक दलहरुलाई सत्ता र कुर्सीकै जालझेलले समय बितेको पत्तो भएन । रास्वपा र राप्रपालाई सिंगारेर दुवैलाई उपप्रमसहित गृह र उर्जा मन्त्रालय दिलाएर आफु सत्ताको कमाण्डर भएका केपी ओलीले संघीय र प्रादेशिक सत्ताबाट हटेको पत्तो नपाए जस्तै भयो, रवि लामिछानेको नागरिकता र पासपोर्ट काण्ड ।

सरकार चुप बसेको फाइदा उठाएर चितवन २ बाट पुन निर्वाचित भएका रवि र तनहुँ १ बाट निर्वाचित डा.स्वर्णिम वाग्लेका बिचमा अहिले दिमागी भन्दा पनि प्रतिष्ठाको लडाईं चलेको छ । दुबै नेपाली नागरिकता भएका अमेरिकी सुत्रधार हुन् । रविलाई चुनाव जिताउने अमेरिकाबासी नेपालीले १६ लाख अमेरिकी डलर पठाएको बताएका छन् ।

संचारकर्मी बन्दा आफ्नो प्रसारण मोलतोलमा केन्द्रित थियो । जनतासँग सिधा कुरा नै रविको राजनीति आड थियो । अहिले कांग्रेसी पृष्ठभूमिबाट स्वर्णिम र मण्डले पृष्ठभूमिका रवि बिचमा पार्टीको सत्ता र सरकारी सम्भावित सत्तामै लडाइँ छ । रविको पार्टीका २÷४ जनाले नेपाली माटो नेपाली राजनीतिमा रमाए पनि धेरै जसोको उच्च शिक्षा विदेशमै भएकाले तिनको चरित्र स्वभाव एकै खालको छ ।

आफ्नो धरातल छैन, महंगीको बारेमा सडकमा आउने तागत छैन, भ्रष्टाचारको विरोध गर्दा३३ दिन गृहमा बस्दा रविको क्षमता दाजु रामशरण लामिछानेको क्रसर उद्योगी र डुबेका सहकारीसँगको उठबसले उदांगो पारेकै हो । मन्त्री हुन्छ, तिम्रो काम हामी गर्छौं भनेर २ करोड माग्दा डा.ढाकाराम श्रेष्ठको सांसद पद नै गएको छ । रवि लामिछानेहरुको स्वार्थ धेरै छ । जनताको तत्कालीन र दीर्घकालीन आवश्यकता पुरा गर्ने तर्फ ध्यान छैन । फेसबुक आतंकले देश तहसनहस छ । तर रास्वपाको बनावट फेसबुकबाट भएकाले सरकारले बन्द गर्दा नेताहरुको धारणा आउन सकेन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *