सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

अर्थ/वाणिज्य समाचार

काठमाडौँ । मूल्य बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेको छ । तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार सुनको मूल्य तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *