सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको इमाडोलमा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३८ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ ।

साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ ।

इमाडोलमा आयोजित एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे ।

सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *