ananta gurung

दुर्गा प्रसाईको महाअभियान र यसको औचित्य

राजनीति लेख

संघीय राजधानी काठमाडौंमा मंसिर ७ गते देखि दुर्गा प्रसाईको महाअभियान सुरु भएको छ । सुरुमा यो महाअभियानको श्रीगणेश दुर्गा प्रसाईले गर्नु भएको थियोतापनि आज आएर यो नेपाली जनता कै महाअभियान बनीसकेको छ । यो महाअभियानको मुख्य उद्देश्य राष्ट्रिय, राष्ट्रियता, धर्म–संस्कृती र नागरिकलाई बचाउनु हो ।

उक्त महाअभियानले अब जनआन्दोलनको रुप ग्रहण गरीसकेको छ । नेपाल सरकारले बल प्रयोग गरी महाअभियान्ताहरुलाई रोक्न खोजेपछि यसले बिस्तारै जनआन्दोलनको आकार ग्रहण गरेको हो । काठमाण्डौ सहरको साविकमा कायम रहेका प्रमुख स्थानहरुमा बिरोध गर्न नपाउने गरी निषेधआज्ञ नेपाल सरकारले जारी गरेपछि महाअभियान्ताहरुले साविक बिरोध प्रदर्शन गर्न पाउने ठाउँ जस्तो माईतीघर मण्डलामा बिरोध प्रदर्शन गर्न सरकारी अनुमति पाउन सकेन ।

वैकल्पिक प्रदर्शन गर्ने ठाउँको रुपमा तीनकुनेलाई रोज्दा त्यसमा पनि एमालेका युवा संघले भाँजो हालेको हुँदा त्यो पनि संभव भएन । अन्तिममा बल्खु चक्रपथमा प्रदर्शन गर्न नेपाल सरकारले अनुमति दिएपछि मंसिर ७ गते महाअभियानका मुख्य अभियान्ता दुर्गा प्रसाईले त्यसै ठाउँमा आफ्नो शक्ति प्रदर्शन गरी देखायो । विज्ञहरुको अनुमान अनुसार उक्त शक्ति प्रदर्शनमा करिब ५ लाख नेपाली जनताले भाग लिएका थिए । उता एमाले युवा संघले तीनकुनेमा महाअभियान बिरुद्ध गरेको शक्ति प्रदर्शनमा अन्दाजी ५ सयको उपस्थिति रहेको देखियो । प्रमुख अभियान्ता दुर्गा प्रसाईको उक्त सफलताले संसार भर चर्चा पायो भने अहंकारी, अज्ञानी र लालची दलका शीर्ष नेताहरुको मुटुमा नै ढ्याङ्ग्रो ठोकियो ।

माओवादीले चलाएको १० बर्षे जनयुद्धमा भौतिकरुपमा नै सामेल भएर ६ महिना सैनिक हिरासतमा बसेका दुर्गा प्रसाई एक प्रख्यात मेडीकल व्यवसायी पनि हुन । उहाँले झापाको बिर्तामोडमा ठुलो जनरल अस्पताल र मेडिकल कलेज बनाउनुको साथै एक क्यान्सर अस्पताल पनि बनाएर चलाएका छन । उक्त मेडिकल व्यवसाय खोली चलाउनको लागि उहाँले आफ्नो निजी सम्पत्तिको उपयोग गर्नुको साथसाथ बैंकहरुबाट ऋण समेत लिएका छन । सुनिए अनुसार उहाँ माथि बैंकहरुको ऋण ६ अर्ब पुगेको छ जसको लागि उहाँले आफ्नो जेभएको घर जग्गा जमिनलाई बन्दक राखेका छन ।

उहाँको मेडिकल व्यवसाय अहिले पनि चलीरहेको नै छ तर नेपाल सरकारको संबन्धित निकायहरुबाट मेडिकल कलेज सञ्चालनको लागि स्वीकृति पाउन नसक्दा त्यसबाट हुन सक्ने लाभबाट उहाँ दुर्गा प्रसाई बञ्चित हुन पुगेका छन । उहाँले एमाले शीर्ष नेता ओली र माओवादी केन्द्रका शीर्ष नेता प्रचण्डलाई आफनै घरमा एकै टबलमा बसाली मार्सी चामलको परिकार सहितको भोज पनि खुवाएका थिए । दुबै नेताहरुले उहाँको मेहनतको प्रसंसा गर्दै सहयोग गर्ने बचन दिएका थिए । तर उहाँहरुले आफ्नो बचन पुरा कहिले पनि गरेनन् जसको कारणबाट स्वयम व्यवसायी दुर्गा प्रसाईलाई भने ठुलो आर्थिक हानी नोक्सानी उठाउने बध्यता आईलाग्यो ।

त्यो बेला उहाँले देखाउनु भएको हर्कतलाई हेरी नेपाली जनताले उहाँलाई मेडिकल माफियाको उपमा दिएका थिए । विज्ञहरु र पत्रकारहरुले पनि उहाँलाई खुबै उडाएका थिए । तिनै दुर्गा प्रसाईले सबै दलहरु चारीसके पछि आफुलाई पीडित नेपाली जनताको सेवामा समर्पित गरेका छन् । उहाँले खाडी मुलुकहरुमा बिचल्ली परेका नेपाली युवाहरुलाई आफ्नै खर्चमा नेपाल फर्काउने काम थाल्नु भयो ।

साथै मृत्यु भएका नेपाली कामदारहरुको लास खर्चको अभावमा नेपाल ल्याउन नसक्ने परिवारहरुको पहिचान गरी आफ्नै खर्चमा दुर्गा प्रसाईले केही लासहरु नेपालमा ल्याएर परिवारजनलाई हस्तान्तरण पनि गरी देखाए । आफैले चलाएको अस्पतालमा उपचार गर्न आएका तर खर्च नभएका नेपाली जनतालाई उहाँले निशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाएका छन । ऋणपान गरी वैदेशिक रोजगारिमा गएका युवाहरुको घरपरिवार सोही ऋणले गर्दा उठीबास लग्दै गएको देखेपछि दुर्गा प्रसाईले नेपाली नागरिकलाई वेघरवार बनाउनु हुन्न भनी आवाज उठाउन सुरु गर्नु भयो ।

वैदेशिक रोजगारीमा गएका युवायुवतीहरुको माता वा पिता उहाँको अस्पतालमा उपचार गर्दागर्दै परलोक भएको अवस्थामा महिनौ छोरा आउने प्रतिक्षामा आफ्नो अस्पतालको मूर्दा घरमा राख्नु परेको अवस्था देखेपछि उहाँको मन कुडियो र उहाँले नेपाली युवायुवतीलाई नेपालमा नै रोजगरी दिने व्यवस्था नेपाल सरकारले मिलाउनु पर्छ भनी माग गर्नु भयो । यसरी दुर्गा प्रसाई परिस्थितिको अग्नी भट्टीमा जल्दै गएर आज वैकल्पिक राजनीतिक व्यवस्थाको नेताको रुपमा स्थापित हुन पुगेका छन । आखिरमा आएर दुर्गा प्रसाईले थाल्नु भएको महाअभियानको लक्ष नेपालमा राजतंत्रलाई फर्काएर नेपाल राष्ट्रलाई फेरि वैदिक सनातनी हिन्दूराष्ट्र बनाउनु रहेकोछ । दलहरु सबै बिदेशीको दलाल देखिएको हुँदा दलहरुबाट राष्ट्रिय, राष्ट्रियता, धर्म–संस्कृति र नागरिकको बचाउ हुन नसक्ने देखिएको छ ।

दलका नेताहरु भ्रष्ट, घरजग्गाको दालाल, बिदेशीको दलाल, कमिसनखोर, सुन तस्कार र मानव तस्कर हुन भन्ने कुरा प्रमाणित भईसकेका छन । अमेरिकी परियोजना एमसीसी र एसपीपी जन भावनाको बिरुद्धमा गएर दलहरुले जोडजबरदस्ती पारित गरेका थिए । साथै अमेरिकी ईण्डोप्यसिफिक सामरिक नीतिको कार्यान्वयन पनि दलका नेताहरुले जनभावनाको बिरुद्धमा गएर नै लागु गरेकाछन । यस्ता दलका नेताहरुको भरमा अब नेपाल राष्ट्रलाई छाड्नै नहुने अवस्था उत्पन्न भएको उहाँले बताउनु भएकोछ ।

दलहरुले नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको सुरक्षा गर्ला वा गर्न सक्ला भन्ने कुरालाई मान्न नेपाली जनताको लागि निकै कठिन बनीसकेको अवस्था छ । दलहरुले बिगत देखि नै पहिले भ्रम फैलाउने अनि नेपाली जनता भ्रमित भईसकेपछि त्यसबाट आफ्नो स्वार्थ पुरा गर्दै आएकाछन । दलका नेताहरु मुखले एउटा कुरा भन्ने अनि व्यवहारमा अर्कै अभ्यास गरी नेपाली जनतालाई थाङ्नामा सुताएर धोका दिने गरेकाछन । दलहरुको यस्तो दोहोरो भूमिकालाई राम्रै सित बुझेका दुर्गा प्रसाईले नेपालको अवस्था कहिले पनि नबदलिने ठहराए पछि व्यवस्था नै बदल्नु पर्ने निस्कर्ष निकालेका छन ।

नेपाली जनताले पनि नेपालको अवस्था झन झन बिग्रेर गएको देखेपछि दुर्गा प्रसाईको नेतृत्वमा राजनीतिक व्यवस्था नै बदल्नु पर्छ भन्दै कम्मर कसेर अगाडि बढेकाछन । कानमा तेल हालेर सुती बसेका काठमाण्डौ, लालितपुर र भक्तपुरका नेवारी समुदायलाई जगाउने काम दुर्गा प्रसाईको यो महाअभियानले गरेकोछ । दलका नेताहरु जबाफदेही र पारदर्शी नभएकाले सबै दलहरु आपसमा मिलेर भागबण्डा गरी राज्यको दोहन गर्दै कानुन भन्दा माथि आफुहरुलाई राखेर कानुनी राजको खिल्ली उडाएका छन् ।

दलका नेताहरुले नेपालमा स्वतन्त्र बजार अर्थतंत्र नीति धेरै पहिले लागु गरेको भएता पनि नेपालमा सफल व्यापारी र व्यवसायी बन्नका लागि दलका शीर्ष नेताहरुमा राम्रो कनेक्सन कायम राख्नु पर्ने हुन्छ । त्यस्तो कनेक्सन नभएका व्यापारीहरु र व्यवसायीहरुको हालत दुर्गा प्रसाईको जस्तो नै हुन्छ । दलका शीर्ष नेताहरु सित राम्रो कनेक्सन राख्न सफल व्यापारी भाटभटेनीका मालिक सानो किराना पसलबाट मुलुक भर २५ वटा डिपार्टमेन्टल स्टोर्सहरु खोली चलाउन सफल भएका छन ।

दलहरु सित राम्रो कनेक्सन भएका व्यापारीहरु र व्यवसायीहरु मालामाल भएको र दलका शीर्ष नेताहरुलाई पनि मालामाल बनाउँदै राष्ट्रको कर छली गरी चुना लगाएको उदाहरणहरु धेरै छन । दुर्गा प्रसाईले त्यसो गर्न कोशिस नगरेको भने होइन तर शीर्ष नेताहरुले उहाँको खाएर पनि उहाँ माथि पत्त्यार भने गरेको देखिएन । आज आएर दुर्गा प्रसाई भगवान हनुमानले झै दलहरुको गढ काठमाण्डौ खाल्डो भित्र नै पसेर धमाधम आगो लगाउने काम गर्दैछन । दलका नेताहरुको लागि सुनको अण्डा पार्ने संघिय गणतंत्रिक राजनीतिक व्यवस्थाको जग नै हल्लाई दिएकाछन ।

नेपाल राष्ट्र र नेपाली जनतालाई ऋणमा डुबाएर आफुहरु भने बिदेशी बैंकमा पैसा राख्ने र बिदेशमा लगानी गर्ने अभ्यास गर्दै आएका दलका नेताहरुको भण्डाफोर गर्ने काम यो महाअभियानबाट सम्पन्न भएको छ । दलका नेताहरु आत्तिएर आफुले भ्रष्टाचार गरी कमाएको अकुत सम्पत्ति र नगदहरु कसरी र कहाँ लुकाउने भन्ने त्रासमा पर्दा उहाँहरुको निदहराम भएकाछन । शामन्ती कालमा जसरी साहु महाजनले नेपाली जनतालाई दुःख दिने गरेका थिए उसरी नै अहिले चलेको गणतान्त्रिक कालमा बैंकहरु र वित्तिय संस्थाहरले नेपाली जनतालाई दुःख दिन थालेका छन । त्यस्ता पीडित नेपाली जनताको आवाज नेपाल सरकारले नसुनेकाले पीडितहरुले दुर्गा प्रसाईलाई गुहारेका छन । आफै पनि बैंकहरुको ताकेता व्यहोरीरहेको दुर्गा प्रसाईले बैंकहरु र वित्तीया संस्थाहरुबाट पीडित भएका नेपाली जनताको अवाज तुरुन्त नै बुझी हालेका छन् ।

तसर्थ उहाँले आफ्नो महाअभियानको एक प्रमुख मुद्दा ऋण पीडित नेपाली जनताको पीडालाई बनाएका छन । नेपाल सरकारले सुने सुनी हाल्यो नसुनेमा व्यवस्था नै बदलेर भए पनि ऋणीहरुलाई न्याय दिने अठोट दुर्गा प्रसाईले देखाउनु भएको छ । नेपालमा बसोबास गर्ने नेपाली जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले लघुवित्त सहित सहकारीहरुको व्यवस्था गरेको हो । तर उक्त संस्थाहरु गाउँघरमा छिरेर व्याज माथि स्याज लगाउँदै गाउँलेहरुलाई नै उठीबास लगाउने काम गर्दै आएका छन । सस्तो व्याज दरमा बैंकहरुबाट पैसा लिएर महंगो व्यज दरमा गाउँलेलाई ऋण दिएर गाउँलेको उठीबास लगाउने काम नेपालका सहकारीहरु र लघुवित्तहरुले गर्दै आएका छन ।

उक्त संस्थाहरुको स्थापना नेपाली जनताको सेवा गर्ने उद्देश्यले भएका हुन तर उल्टै उक्त संस्थाहरुले नै पुरानो शामन्तीले झै नेपाली जनताको शोषण गर्न थाले पछि पीडित नेपाली जनता दुर्गा प्रसाईको नेतृत्वमा गोलबन्द भएर बिरोधमा उत्रिएका हुन । राजा बस्छन ढोकामा निसाफ बस्छ पोकामा भने जस्तो नेपालमा कानुनी राज कायम नभएको र आम नेपाली जनताको त्यसमा पहुँच पनि नपुग्ने हुँदा आन्दोलन गरी व्यवस्था नै बदलेर नेपालको अवस्थामा परिवर्तन ल्याउन नेपाली जनता बाध्य भएकाछन । एक दुर्गा प्रसाई हजारौं दुर्गा प्रसाईमा रुपान्तरण भएर स्वतंत्र बजार अर्थतंत्रमा दलका नेताहरको हस्तक्षेप तोडेरै छाड्ने र नेपालमा कानुनी राज कायम गरेरै छाड्ने आठोट देखाईसकेका छन ।

धर्म गुरु श्रद्धेय श्रीनिवास लगायत अन्य जोगी सन्यासीहरु माथि नेपाल सरकारले गरेको ज्यादतीको बदला नेपाली जनताले लिएर नै छाड्ने छन । साथै नेपालमा राजतंत्र र हिन्दूराष्ट्रको वापसीलाई दलहरुले जति बल प्रयोग गरेपनि रोक्न नसक्नेमा आन्दोलनकारी नेपाली जनता सबै ढुक्क नै छन । राष्ट्रिय जनवार घोषित पवित्र गौमाता काटेर खाने वा त्यसो गर्ने उक्साउने पापी अधर्मी केही दलका नेताहरुलाई नेपाली जनताले चाँडै नै जबाफदेही बनाएर छाड्ने छन । काम नगर्ने तर ठुलो कुरा मात्रै गर्ने दलका नेताहरु राष्ट्रको लागि बोझ मात्रै भएको हुँदा त्यस्ताहरुबाट राष्ट्रलाई चाँडैनै आन्दोलकारीहरुले मूक्ति दिलाउने सुनिश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *