कोशीमा उद्धव र केदार कोशीका बाधक

राजनीति समाचार

काठमाडौं । कांग्रेस पार्टी राजनीतिक स्थिरताको मुख्य कारक हो । एमाले देशकै अस्थिरता भएको पार्टी हो । कांग्रेसमा सजिलो छ । डा.शेखरको अराजकता र शेरबहादुरको धैर्यताबाट फाइदा लिने कृष्ण सिटौला हुन् । सिटौला कसैका दुश्मन हैनन् । तर पार्टीमा भारतीय दलाल डा.शेखर र विमलेन्द्रका बिचमा राजनीति जेठो कान्छो हुँदा १४औं महाधिवेशनमा यिनीहरु एक भएनन् । शेरबहादुरलाई रामचन्द्रले साथ दिए । त्यो बेला डा.शेखरका सारथी अर्जुननरसिंह थिए ।

लामो विवादपछि मुख्यमन्त्री कार्कीले कांग्रेसका शमशेर राई, माओवादीका गणेश उप्रेती, नेकपा एसका कमल जवेगुलाई विभागीय मन्त्री बनाएका छन् ।

अहिले कोशी प्रदेश सरकारको स्थायित्व दिने र भत्काउने बिच लडाइँ छ । त्यो लडाइँ कांग्रेसले नै सिर्जना गरेको हो । एमालेका केपी ओलीले सरकारलाई दिएको समर्थन राखेर आफ्नो मन्त्री फिर्ता ग¥यो । मुख्यमन्त्री केदार कार्कीलाई हिजोका कांग्रेस आजका राप्रपा भक्ति सिटौला सघाउन चाहन्छन् ।

तर त्यहाँ कांग्रेस डा.आरजु राणाका दाता उद्धव थापा बाधक छन् । सिटौलालाई तह लगाएका उद्धव थापा कृष्ण सिटौला पक्षधर हुन् । अब कोशीमा सभापत िदेउवाले थापा र केदार कार्कीलाई सँगै राखेर धम्क्याए भने राजनीति दाउ खुल्छ, न त सरकार यस्तै हुन जान्छ ।
कांग्रेसमा सरकार टिकाउने भन्दा गिराउने धेरै छन् । जो गिराउन चाहन्छन् ती विदेशी हण्डीवाला हुन् । जो टिकाउँछन् ती सबै संस्थापनका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *