काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समृद्ध नेपालको भाषण निकै गर्छन् । तर दाहालको शासन हिजोको जस्तो थियो, त्यो भन्दा फरक छैन । जनयुद्धमा बैंक लुट्दा कब्जाभएको सुन जसले कमाण्ड ग¥यो उसैले लुकायो । मुखले रामराम बगलीमा छुरा भन्ने उखान माओवादीमा चरितार्थ भएको छ । माओवादीमा केही यौन लम्पट, कोही भ्रष्टहरुले स्थान पाएका छन् ।
कुनै पनि माओवादी नेता मन्त्री हुँदा कुनै राम्रो एउटा काम भएको रेकर्ड छैन । मन्त्री फेर्न प्रमलाई दबाब छ । शक्ति बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, दिनानाथ शर्माजस्ता भ्रष्ट माओवादी अध्यक्षको टिममा छन् । उनीहरुले कृष्णबहादुर महराको खेदो खनेका थिए । महराको रोशनी शाही प्रकरणमा सहयोग पु¥याउने र रातो पार्टीमा समाचार लेखाउने जनार्दन हुन् । जो आफु अर्थमन्त्री हुँदा कांग्रेसकी भ्रष्ट डा.आरजुसँग मिलेर कर प्रणालीमा चौधरीको मुसा प्रवेश गराएर सिसीटिभी फुटेज लुकाएका क्रान्तिकारी हुन् । यही काण्डको समाचारका बारेमा कुरा मिलेन, पत्रकार अरुण बरालले रातोपाटी छाडे । जहाँ शर्माको लगानी छ, कुरा चर्का, व्यवहार भ्रष्ट देखिने गरेको छ ।
माओवादीको हरेक जनवर्गीय संगठनमा पार्टीका यिनै भ्रष्टहरुको हालीमुहाली चल्ने गरेको छ । प्रचण्डले प्रधानमन्त्री हुने रहर पुरा गरे, तर जनताको माग पुरा गर्न सकेनन् । रोजगारीको अवस्था सुध्रिएको छैन । प्रचण्डका छोरी, ज्वाईं, भाइ भतिजाले रोजगारी पाए, तर जनताको छोराले देशमा रोजगारी पाउँदैनन् । कम्युनिष्ट पार्टीको निम्ति यो जत्तिको लज्जास्पद अवस्था के हुन सक्छ ?
पार्टीमा नारायणकाजी गुट छ । त्यो गुटले सत्ताको भाग पाउँदा समूहका लागि घुस पठाउँछ । अहिले उपप्रम एवं गृहमन्त्री नारायणकाजी छन् । गिरिराजमणि र नारायणकाजी पालैपालो गरी सत्तामा पुग्ने गरेका छन् । स्वास्थ्य, शिक्षा र गृह मन्त्रालयमा यो समूहको रजाइँ थियो । आज श्रेष्ठ गृहमन्त्री छन् । भन्न शुद्ध तर स्थानीय प्रशासनमार्फत प्रकाशन गर्ने ५ हजारको सूचना पनि गृहमन्त्रीको सचिवालयलाई जानकारी नगराईकन प्रमुख जिल्ला अधिकारीले प्रकाशन गर्न स्वीकृत गर्न पाउँदैनन् । नारायणकाजीको शुद्धता यही हो ? कमल गिरीको विज्ञापन एजेन्सीमार्फत त्यस्ता सूचना गोरखापत्रमा छापिन्छन् । (तामाकोशीसन्देशबाट)