राजा फकाउँदै कमल थापा !

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले राजा फकाउन थालेका छन् । राप्रपा जस्तो शक्तिलाई छिन्नभिन्न बनाएर देशको अवस्था भत्काउन थापाले सक्दैनन् । उनले बनाएको राष्ट्रवादी फोर्स भत्कियो । केपी ओलीले कमललाई बोकेर हिँडे । उनले पार्टीका अरु मान्छे खेदे । तर कमल, एकनाथ ढकाल, दुर्गा प्रसार्ई छाडेनन् । अहिले केपीका भित्रिया भएका महेश बस्नेतहरु जुर्मुराए । त्यो पनि दशौं महाधिवेशनसम्म ओलीको छोरा बनेका दुर्गा प्रसाईं विरुद्ध ।

राप्रपाले ज्ञानेन्द्रलाई बोक्नु स्वभाविक हो । कमल थापाले राजा र हिन्दु धर्मको व्यापार गरेका बेला ज्ञानेन्द्रको ६ करोड चुना लगाए । बिहान लगानी गरेर बेलुका कर उठाउने व्यापारी ज्ञानेन्द्र शाहलाई जानकारी छ । उनले दरबार हत्याकाण्डको सफाई लिन महानिशा प्रकाशन गरे । त्यसको लागि सेनाले २४ लाख खर्च ग¥यो । तस्कर, माफिया भने खुसी हुने जनमोर्चा हुँदै कांग्रेस र खुमबहादुरसँगै छुट्टै हिन्दूवादी बनेका विद्धानले पुस्तक निकाले, प्रकाशकले आलु खाए ।

ज्ञानेन्द्रका भजन गाउने गणतन्त्रमा श्री ५ भन्दै उनै ज्ञानेन्द्रको भक्ति गाउनेहरु धेरै छन् । त्यस्ता अवसरवादीभन्दा मण्डलेमा महामण्डले कमल थापा नै ज्ञानेन्द्रको लागि किफायती छन् । तर दुर्गा प्रसाईं जस्ताको खेतीले धेरैलाई फाप्दैन । पचाउने ज्ञानेन्द्र, मिलाउने राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंले पार्टी र मोर्चा मिलाएर भने कमल थापाको पञ्चायती मण्डले रुप फेरी एमालेका केपी ओलीतर्फ फर्किनेछ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *