लौ पढौं घुमन्ते कर्मचारीको फेहरिस्त

राजनीति समाचार

काठमाडौं । भदौंमै हुनुपर्ने लेखा समूहका कर्मचारीहरुको सरुवा तीन महिना ढिला गरी अस्ति गरिएको छ । महालेखा नियन्त्रकको कार्यालय लेखा समूहका उपसचिव,अधिकृत र लेखापाल गरी ५०८ कर्मचारीहरु सरुवा गर्दा व्यापक रुपमा आर्थिक चलखेल भएको कर्मचारीहरु बताउँछन् । महालेखा परीक्षक हरि मैनाली,शम्भु कुमार मरासिनी र कप्र हेर्दै आएका रविन कुमार कोइराला र विकाउ यादवहरुले चलखेल गरेको कर्मचारीहरु बताउँछन् ।

सरुवा हुँदा सोही कार्यालयमा कार्यरत कर्मचारीहरु उपमहालेखा नियन्त्रक विष्णुहरि बराललाई लोक सेवा आयोग, उपसचिव दिलकुमार खड्कालाई महान्यायाधीवक्ताको कार्यालय, लक्ष्मी प्रसाद जोशीलाई कारागार व्यवस्थापन विभाग, दीपक अधिकारीलाई वन मन्त्रालय र दामोदर जोशीलाई आन्तरिक राजस्व विभागजस्ता आकर्षक कार्यालयमा सरुवा मिलाएर हिडेका छन् ।

यस्तै कर्मचारी ट्रेड युनियनका नेताहरुले आकर्षक ठाउँमा आफ्नो सरुवा मिलाएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कमिटिमा रहेकी लक्ष्मी दाहाल मदन भण्डारी राजमार्ग,झापामा पुगेका छन् । यस्तै युनियनका केन्द्रीय कमिटिमा रहेका बद्री पौडेललाई संघीय खानेपानी आयोजना लमजुङ्गमा खटाइएको छ । हरि ज्ञवाली सडक डिभिजन बुटबल पुगेका छन् । एकीकृत समाजवादी निकट रहेर मालदार ठाउँमा चहार्दै आएका मधु मिजारले पनि आफ्नो सरुवा महालेखाबाट आकर्षक ठाउँमा मिलाएका छन् । मिजार यस अघि विरोध खतिवडा स्वास्थ्य मन्त्री हुँदा उनको सचिवालयमा थिए । विरोध खतिवडालाई बदनाम गर्ने पात्र हुन उनी । मोहन घिमिरेको चेला मिजार त्यहाँबाट राष्ट्रिय ट्रमा सेन्टर हुँदै महालेखामा पुगेका थिए ।

यता कर्मचारी नेतालाई कार्यालय प्रमुख हुन बन्देज लगाएको छ ऐनले तर काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष तथा कोशी प्रदेशका संयोजक मानबहादुर वन पालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् । कर्मचारी नेता भएकै कारण यज्ञ ओली लामो समय शहरी कार्यायमा बसेर तर मारेका उनी अहिले हाकिम भएर काभ्रे पुगेका छन् । ओली नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष हुन । यस्तै काँग्रेस निकट कर्मचारी युनियनको कार्यक्रममा एयरपोर्टबाटै ६ लाख नगद उठाएर दिने कम्युटर अपरेटर प्रकाश खाती एयरपोर्टमै बसेर रजाई गरिरहेका छन् । उनी पनि केन्द्रीय सदस्य हुन ।

यस्का अलवा मोहन डाँगी मालपोत कार्यालय घुमेका घुम्यै छन् । यस अघि तुल्सीपुर मालपोत कार्यालयमा रहेका डाँगी अहिले कलकी मालपोत आइपुगेका छन् । यस्तै अर्काे कर्मचारी नेता हुन दिपेन्द्र गिरी,जो लामो समय मालपोतमा बसेर रजगज गर्दै आएका थिए । उनको सरुवा त्यहाँबाट डिभिजन सडक कार्यालयमा भएको थियो तर उक्त कार्यालयमा टिक्नै सकेनन् । सेटिङ्ग मिलाएर अहिले उनी साँघु मालपोत कार्यालयमा पुगेका छन् ।

कर्मचारी युनियनका उपाध्यक्ष उत्तम कटवाल सबैभन्दा ठूलो खेलाडी भइहालें । त्रिपरेश्वरस्थित कार्यालयमा अड्डा जमाएर बसेका उनी खरिदारदेखि सुब्बा हुँदासम्म एउटै कार्यालयको एउटै शाखामा छन् । उनलाई त्यहाँबाट कसैले डृेग चलाउन सकेको छैन । पूर्ण बहादर खड्ुकाको पछि लागेर उनी अहिले कर्मचारी सरुवाको नाममा पैसा उठाउने काँग्रेसी युनियनभित्रका शक्तिशाली खेलाडी हुन । गोपाल पोखरेलपछिको अध्यक्ष हुँ भन्द हिडिरहेका छन्,इन्दु शर्मा ।

युनियनका उपमहासचिव उनी लामो समय भन्सारमा बसेर तर मारेका कर्मचारी हुन । रसुवा भन्सारमा हुँदा नक्कली प्रज्ञानपत्र बनाएर व्यापारीहरुसँग मिलेर करोडौं राजश्व मारेको चाल पाएपछि तत्कालीन भन्सारका डिजी चक्र बहादुर बूढाहरुको फेला परेर काठमाडौंमा तानिएका उनी अर्थमन्त्री प्रकाशशरण महत्तलाई मिलाएर उन्मुक्ति त पाएका छन् तर यो टोलीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ ।
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *