बोर्डका सिइओ डा. रेग्मीको कारण पर्यटन क्षेत्र थलालिङ्ग

राजनीति समाचार

काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई विश्वसमुदायले महत्व दिए तापनि नेपालीहरुले त्यसको सदुपयोग गर्न सकेका छैनन् । उल्टै नेपालको पर्यटन क्षेत्रलाई भँजाएर खानेहरुको ताँती नै लाग्ने गरेको छ । पर्यटन बोर्डमा कुनै बेला नेपालको सांस्कृतिक क्षेत्र र पर्यटनको महत्व बुझेको व्यक्तिलाई सिइओ नियुक्ति गर्ने चलन थियो । पछिल्लो समयमा आएर राजनीतिक भागबन्डामा सिइओ नियुक्ति गर्ने परम्परा बसेपछि पर्यटन क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । पर्यटन बोर्डले आवश्यकता अनुसार काम गर्न नसक्दा अधिकांश पर्यटन व्यवसायीहरु मारमा परिरहेका छन् । राजनीतिक भागबन्डाले गर्दा कतिपय पर्यटन क्षेत्रहरुमा विकृति विसंगतिहरु झागिँदै गएका छन् ।

नेपाली पर्यटन व्यवसायीहरुले गर्ने काम विदेशी कम्पनीहरु आएर नेपालको पर्यटन क्षेत्रमा खेलिरहेका छन् । पर्यटन बोर्डका सिइओ डा. धनजन्जय रेग्मीले पर्यटन क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन सकेका छैनन् । विदेशीहरुले नेपालमा आएर पर्यटन सम्बन्धी यकम्पनी खोल्ने र टुरिष्टहरुलाई आफ्नो कब्जामा पार्ने गरेका छन् । तिनै विदेशी कम्पनीहरुले नेपाली पर्यटन व्यवसायीहरुलाई काम दिने गरेका छन् । विदेशी कम्पनीहरुले ठूलो फाइदा हुने काम आफै गर्ने र सानातिना कामहरु नेपाली पर्यटन व्यवसायीलाई दिने गर्दै आएका छन् ।

पर्यटन क्षेत्रमा हुने गरेका विकृति र विसंगतिप्रति सिइओ रेग्मीले रोक्न सकेका छैनन् । उल्टै टिप्स कार्ड बेच्ने, बोर्डको पैसामा विदेश भ्रमण गर्ने, विदेशीले खोलेको पर्यटन सम्बन्धी कम्पनीहरुबाट कमिसन खाने र आफ्नो पार्टी निकटका कार्यकर्ताहरुलाई जागिर खुवाउने भर्तीकेन्द्र बोर्डलाई बनाउँदै आएका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्ने नेपाल पर्यटन बोर्डका सिइओको निकम्मापनका कारण पर्यटन क्षेत्र लथालिङ्ग अवस्थामा पुगेको छ ।

पर्यटन बोर्डसँगै तारागाउँ विकास समिति, पशुपति क्षेत्र विकास कोष, नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) जस्ता ठाउँहरु राजनीतिक भर्तीकन्द्र बनाउँदा पर्यटन क्षेत्र लथालिङ्ग अवस्थामा पुगेको छ । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठूलो भूमिका निर्वाह गर्दै आएको थियो । तर, २०७६ सालको कोरोनाको कारण देखाएर अहिलेसम्म पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेका छैनन् । राजनीतिक दलको सरकार फेरिएसँगै मन्त्री फेरबदल हुने कारणले पनि पर्यटन क्षेत्र तहसनहस हुँदै गएको छ । हालका पर्यटनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रभित्र हुने गरेका विकृति, विसंगति र भ्रष्टाचारलाई रोक्न सकेका छैनन् ।

खाली आफ्नो कार्यकालमा विदेश भ्रमण नगर्ने हवाला दिँदै जनतामाझ राम्रो काम गरेजस्तो प्रचार गर्ने र भित्रभित्रै फाइदा लिने काम गर्दै आएका छन् । उता पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मीको कार्यकाल करिब दुई महिना पनि बाँकी छैन । तर, सिईओ रेग्मीलाई आफ्नो कार्यकालमा कर्मचारीलाई तलब भत्ता खुवाउने र पर्यटन बोर्डको आम्दानीमा कमिसन खानेभन्दा अन्य काम नगरेको आरोप लागिरहेको छ । तर, मन्त्री किरातीले रेग्मीको कार्यावधी सकिएपछि बोर्डको सिइओमा उनैलाई दोहो¥याउँछन् कि अन्य व्यक्तिलाई नियुक्ति गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *