किन गरिँदैछ एमालेलाई बाइपास

राजनीति समाचार

काठमाडौं । सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दलीय हुँदैनन् भनिन्छ । तर सभामुख भएर तारानाथ रानाभाट, रामचन्द्र पौडेल जस्ता कांग्रेसी नेताले यस्ता पदलाई स्वतन्त्र रहन दिएनन् । पदको सम्मान गर्नेमा दमनानाथ ढुंगाना मात्र हुन पुगे । माओवादीले पनि एक कार्यकाल सभामुख पायो । त्यहाँ पार्टी अध्यक्षको जे हाआदेश हुन्छ, त्यसैलाई हुन्छ भन्ने काम कृष्णबहादुर महरा र अग्नि सापकोटाले गरे । महरा रोशनी काण्डले पदमुक्त हुन पुगे । अग्नि सापकोटाले दबाब सहँदै भएपनि कार्यकाल पुरा गरे ।

एमालेले संसदमा जनताको विषयमा बोल्दैन । एमालेले संसदको महासचिव आफ्नो पार्टीको व्यक्तिलाई बनाउने उद्देश्यका साथ राष्ट्रिय सभा निर्वाचनको घोषण भएपछि महासचिव भरतराज गौतमलाई राजीनामा गर्न लगायो । एमालेले पदम प्रसाद पाण्डेलार्य महासचिव बनाउने तयारी गरेको थियो । तर राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र सभामुख देवराज घिमिरेले संसदकै सचिव पाण्डेलाई महासचिव बनाउन गरेको योजना तुहिन पुग्यो ।

एमालेका लेभीदारी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केही बोलेनन् । गौतमले राष्ट्रपति समक्ष राजीनामा दिएको साता नबित्दै यो खेल रचिएको थियो । जबकि राष्ट्रपतिबाट राजीनामा स्वीकृत भइसकेको थिएन । कांग्रेसले फागुन २० पछिको राजनीतिक जोडघटाउ गरिरहको थियो । कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष् ादाबी गरेको छ, जहाँ उपाध्यक्ष माओवादीकी उर्मिला अर्याल छिन् । संसदको महासचिव आफ्नो बनाएर सरकारले ल्याएको विधेयकहरुलाई थन्क्याउने र सरकारले काम गर्न दिएन भन्ने संसदीय चलखेल नै थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *