सिल्कका रमेश शेर्पाको संलग्नतामा भेप तस्करी

राजनीति समाचार

काठमाडौं । रसुवा र तातोपानी भन्सारबाट इलेक्ट्रिक सिगरेट (भेप) को तस्करी ब्यापक रुपमा हुने गरेको छ । गतबर्षस्म्म चीनबाट भेप आयात गर्दा प्रतिसिगरेट १ अमेरिकी डलर भन्दा कम मूल्यांकनमा ल्याउने गरिएको थियो । तर यो आर्थिक बर्षमा भेपको प्रतिसिगरेट न्यूनतम ४ डलर कायम गरिएको छ । एकपटकमात्र प्रयोग गर्न मिल्नेको एउटाको ४ डलर, पटक पटक प्रयोग गर्न मिल्ने, स्मेल आइरहनेको ५ डलरदेखि १० डलर १५ डलर मूल्यांकन तोकिएको छ ।

न्यूनतम ४ डलर भन्सार मूल्यांकन गरिएपछि भेप लुकाएर ल्याउने क्रम बढेको छ । रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एउटा सामान भनेर त्यसमा भेप लुकाएर ल्याउने गरिएको छ । भेपको सबैभन्दा बढी तस्करी गर्नेमा सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा रहेको स्रोत बताउँछ ।

रमेश शेर्पाको समूहले भेपको कारोबारमा साम्राज्य नै कायम गरिरहेको स्रोत बताउँछ । एउटा सामान घोषणा गरी शेर्पाको समूहले भेप लुकाएर ल्याउँदैआएको देखिएको छ । जसको संरक्षक हुन् भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल । महानिर्देशक पौडेल र विवादस्प व्यापारी शेर्पा मिलेर भन्सार कार्यालयबाट भेप तस्करी भइरहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद पाठक र तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीलाई महानिर्देशक पैडेलको निर्देशन अनुसार शेर्पाको गाडीलाई चेकिङनै नहुने आरोप लाग्दै आएको छ । रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल नाकाबाट बिना डिकिलियर लाखौ पिस भेप बिना भन्सार तातोपानी नाकाबाट ल्याइयको र बनेपामा गोदाम गरेर राखिएको स्रोतले बताएको छ ।

व्यापारीसँग सेटिङ नमिलेका व्यापारीहरुलाई अनावश्यक दुःख दिएर हैरानी पार्दै आएको गुनासो रहेकोछ । अर्थमन्त्री डा. प्रकाशशरण महत र तत्कालिन अर्थ सचिव अर्जुन पोखरेलले विश्वास गरेर भन्सार विभागको महानिर्देशकमा पठाएका शोभाकान्त पौडेलमाथि अख्तियारले समेत निगरानी बढाएको छ । अख्तियार स्रोतका अनुसार वीरगञ्ज भन्सारस्थित ड्राइपोर्ट (सुख्खा बन्दरगाहा)मा राजस्व छली तथा कोटाविपरीत ल्याइएका ठुलो परिमाणका सुपारी, रक्सी, छोकडा र मरिच आएको सूचना पाएपछि महानिर्देशक पौडेललाई अख्तियारले वयानका लागि बोलाएको छ ।

अख्तियार स्रोतका अनुसार भन्सार विभागका कर्मचारीहरुसँगको सेटिङबिना सुन, सुपारी, विदेशी मदिरा, पोस्तादानालगायत सामग्री कन्टेनरमा आउन सम्भव नै छैन । स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर कोटाविपरीत ल्याइएका झण्डै ४० ट्रक सुपारी, १० कन्टेनर अवैध रक्सी, ठुलो परिमाणका छोकडा, मरिच लगाएका माल सामानहरू गोप्य रूपमा राखिएका छन् । वर्षौंदेखि भन्सारका कर्मचारीहरुसँगको मिलेमतोमा अर्बौं राजस्व छली र तस्करी भइरहेको छ । एउटा सामानको भन्सार तिरेर अर्कै अवैध सामान भन्सारबाटै बाहिरिन थालेको सूचनाका आधारमा महानिर्देशक पौडेललाई अख्तियारले शंकाको घेरामा राखेको हो । पौडेल ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका थिए ।

तत्न्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा र ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलकै योजनामा एनसेलले लाभकर छलेको समाचार बाहिर आएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने भूमिका समेत पौडेलनै खेलेका थिए । पछिल्लो समय उनी सम्पती शुद्धिकरण र ख्तियारको फन्दामा पर्ने डरले अरुको आफन्तको नाममा जग्गा किन्न लागिपरेका छन् । भन्सारबाट कमाएको पैसा आफन्तको नाममा राखिएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *