कर्मचारीलाई मालपोत र नापी नै प्यारो

राजनीति समाचार

काठमाडौं । एउटै कर्मचारी जागिरका २० बर्षसम्म नापी र मालपोतमै जरा गाँडेर बस्छ । त्यस्ता ‘डन’ कर्मचारीलाई किन तह लगाउन सक्दैनन् सामान्य प्रशासन सचिव सचिव विनोद प्रकाश सिंह र गोकर्णमणि दुवाडी तथा कर्मचारी प्रशासन हेर्ने हाकिमहरु ?
जस्तो उपसचिव लोकबहादुर भण्डारीका तीनै जना दाजुभाई शेर, देवी मालपोतकै हाकिम छन् ।

लोक अहिले भक्तपुर मालपोतका हाकिम छन् । अनि उनका दुई देवी कपिलबस्तु र कान्छा शेर झापा मालपोतका हाकिम । उनीझैं अर्का डन उपसचिव भेटिएका छन्,उमेश कुमार । निजामती किताबखानाबाट प्राप्त उनको पिआइएस हेर्दा जागिरे जीवनमा लामो समय उनीहरु मालपोतबाट दायाँबायाँ हुनु परेको छैन अर्थात ६२ सालमा सरकारी सेवामा प्रवेश गरेका उमेशले १८ बर्ष मालपोत छोडेर दायाँ बायाँ हुनु परेको छैन ।

लेखा,राजश्व वा परराष्ट्र सेवाका कर्मचारीहरुको जाने ठाउँ सीमित छ तर प्रशासन सेवाभित्र पर्ने मालपोत र नापीमा समेत एउटै कर्मचारीको के आधारमा एक छत्र राज चल्छ ? अख्तियारको तथ्यांक अनुसार सबैभन्दा बढी अनियमितता हुने कार्यालयभित्र पर्दछ नापी,मालपोत,कम्पनी रजिष्ट्रर,भन्सारजस्ता कार्यालय । नापी र मालपोतका एक पछि अर्काे भ्रष्ट कर्मचारीहरु अख्तियारको फन्दामा परिरहँदा उमेशजस्ता डन कर्मचारी कुन बलमा मालपोतमै जरा गाँढेर बसिरहन सम्भव भएको छ ? इमान्दार कर्मचारी फसिएला भनेर नापी– मालपोत कार्यालय जानै मान्दैनन्,भागी हिड्छन् ।

हिसाब किताब र बाँडफाँड मिलाउने कला भएकै कारण हुनुपर्दछ उमेश जस्ता कर्मचारीहरु जागिरे जीवनको १८ बर्षसम्म मालपोतबाट हलचल हुनु नपरेको । अहिले नापी कार्यालय धनुषाका हाकिम हुन उमेश । गत असोजदेखि उनी त्यता खटिएका हुन । त्यस अघि ललितपुर मालपोतमा बसे,एक बर्ष ।उपसचिव बढूवा भए ०७१ सालमा । त्यसपछि केही समय भूमि सुधार तथा व्यवस्था मन्त्रालय,नापी विभाग काठमाडौंमा प्रमुख नापी अधिकृतको रुपमा ७१ सालदेखि ७५ सालसम्म बिताए ।

अधिकृत हुँदा ८ नम्बर नापी गोश्वारा कास्कीमा अमिन,सर्भेक्षक हुँदै ६३ देखि ६९ सालसम्म नापी कार्यालय नै चाहारिरहे । कर्मचारी ट्रेड युनियनका आडमा भोला पोखरेल,केदार देवकोटा,मोहन घिमिरे,पुण्य ढकालहरुले एउटै कार्यालयमा लामो समय बिताएको भनेर के खेदो खन्नु उनीहरुको पनि ‘डन’कर्मचारी भेटिन्छन् नापी र मालपोततिर ।

उता शहरी विकास मन्त्री सीता गुरुङ्गको खेलो फड्को बेग्लै छ । भक्तपुर मालपोतको रजिष्ट्रेसन, मुद्धा शाखामा कार्यरत रहेका खरिदारद्धय दुर्गामान राई पुन त्यही ठाउँमा फर्कनका लागि भए भरका शक्ति लगाउँदै हिडिरहेका छन् । महिना दिन अघि पूर्व सचिव यादव कोइरालाको भाइ नाता पर्ने खरिदार दीपक कोइराला र दुर्गामान राईलाई भक्तपुर मालपोतबाट गृह मन्त्रालय अन्तरगत सरुवा गरिएकोमा यी दुई भाईले भए भरका काँग्रेसी शक्ति प्रयोग गरेर पनि भूमि व्यवस्था विभागमा फर्किसकेका छन् ।

त्यहाँबाट केही समय पछि नै पूरानै अड्डा(भक्तपुर मालपोत)मै फर्कने गरी चाँजोपाँचो मिलाइसकेका यी दुई भाईले पूरानै ठाउँमा फर्कनका लागि १० औं लाख रकम खर्चे गरिसकेको सामान्य प्रशासन मन्त्रालयतिर चर्चा सुन्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *