कांग्रेसमा युवापुस्ताको योजना अलपत्र

राजनीति समाचार

काठमाडौं । पार्टीलाई सशक्त बनाउने र ८८ सिटको महत्व दर्शाउने कांग्रेसी युवा पुस्ताको योजना अलपत्र परेको छ । १४औं महाधिवेशन भएको दुई वर्ष बितेको छ । यो अवधिसम्म कांग्रेसले कोषाध्यक्ष पाएको छैन । विधानतः पार्टी सभापतिलाई केन्द्रीय सदस्य मनोनित पर्ने अधिकार पनि छ । तर पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेर कतिपय निर्णय हुन्छन् । त्यस्ता निर्णय ६ महिनासम्म केन्द्रीय समितिले अनुमोदन गर्दैन भने विधानतः त्यो मान्य हुँदैन । तर कांग्रेसमा त्यो चल्छ ।

किनकि यो पार्टी कानूनभन्दा माथि छ । संसदीय व्यावस्थामा कांग्रेस र एमाले समयमा पार्टीको महाधिवेशन गरेर वैधानिक हुन्छन् ? वैधानिकताको कुरा गर्दा एमाले अब्बल छ । एमालेमा केपी ओलीको राज चल्ने गर्छ । उनको लहडले पार्टी चल्छ । गाउँदेखि जिल्लासम्म केपी गुटको चल्ने गर्छ । कांग्रेसमा युवा महामन्त्रीद्वयष् गगन थापा र विश्वप्रकाश शर्मा निरीह भएका कारण ४० प्रतिशत पाएका डा.शेखर कोइरालाले पनि आफ्नो योजना प्रस्तुत गर्ने र थन्काउने गराएकै छन् ।

पुस १० बाट १७ समम बस्ने भनेको महासमिति र नीति अधिवेशन राष्ट्रिय सभा निर्वाचनको नाममा फागुन ७ बाट १० मा सारियो । कांग्रेस पार्टीले एक्लै चुनाव लड्ने फूर्ति लगाएका डा.शेखर र गगनको हैसियतलाई बुझेर सभापति देउवाले सत्ता गठबन्धन यथावत राखेर आफू १० सांसद लिने गठबन्धनका माओवादी, जसपा र एसलाई १० सिट दिने योजना बनाएका छन् । गठबन्धन भत्काउने कोशीमा विद्रोह गरेको डा.शेखर गुट एमालेको साथ पाएपनि मौलाउन सकेन् । अहिलेसम्म कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्न नसकेको शेखर समूहको संगठनको हविगत बुझेर संस्थापनले आफ्नो अडान नछाडेको हुनसक्छ ।

कांग्रेस एक्लै चुनाव लड्ने एक्लै जित्ने कुरा सपनाको महल हो । कांग्रेसका स्वास्थ्य, उद्योग र अर्थ मन्त्रीले जनतालाई महंगी, भ्रष्टाचरा र अभाव मात्र होइन हत्यारा र देशद्रोहीको संरक्षण गरेको कुरा डा.शेखर र महामन्त्री गगनको दिमागले पत्तो पाएको छैन । जनतालाई केही नदिने जनताले बहुमत दिनुपर्ने जरुरी छैन । युवा मानिएकाहरु पनि कतै त कतै आफ्ना योजनामा असफल भएको प्रमाण त अब खोज्न पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *