भन्सार एजेन्टका नाममा तस्करको मस्ती

राजनीति समाचार

काठमाडौं । २० बर्ष अगाडिसम्म ८० जना भन्सार एजेन्टका भरमा भन्सार कार्यालयहरु चलेको थिए । त्यसमा ६६० जना थप भन्सार एजेन्ट थपिए । तर तिनै भन्सार एजेन्टहरुको परिचयपत्र भाडामा लिएर भारतीयहरुले भन्सारमा सहजै प्रवेश पाउन थालेसँगै तस्करहरुले भन्सारमा सहजै तर मार्न थालेको आवाज बुलन्द रुपमा उठ्न थालेको छ । नयाँ र पूराना गरी नेपालभर ७४२ भन्सार एजेन्ट कार्यरत रहेकामा उतिकै संख्यामा तस्करका एजेन्ट रहेका कारण अहिले नयाँ र नाम निकालेकाहरुले काम पाउन छाडेका गुनासो हाम्रो सम्पर्कमा आएका नयाँ भन्सार एजेन्टहरुले गरेका छन् ।

दलाल र विचौलियालाई भन्सार एजेन्टको लाइसेन्स भाडामा दिएर अहिले देशैभरका भन्सार कार्यालयहरुबाट लुट धन्दा मच्चिरहेको ती एजेन्टहरुले बताएका छन् । विचौलियाका निकटकाहरुलाई एजेन्टको लाइसेन्स भाडामा लिन लगाएर उनीहरुसँगै हप्ता असुलेर अर्थ मन्त्रालय देखी भन्सारका कर्मचारीहरुलाई बुझाउने गरिएको ती भन्सार एजेन्टहरु बताउँछन । तस्करका एजेन्टहरुबाट कापीमा हिसाबै राखेर भन्सार कार्यालयका रकम उठाउने गरेको आरोप लाग्ने गरेको छ । भन्सार एजेन्टको लाईसेन्स भाडामा लिएर तस्करहरुले एजेन्टको कीर्ते हस्ताक्षर गरेर लगेको प्रज्ञापनपत्र भन्सार कर्मचारीले सजिलै रुजु गर्ने र सो बापत कर्मचारीहरुले मासिक रुपमा हप्ता असुली गर्दै आएको हाम्रो सम्पर्कमा आएका ती एजेन्टहरुले जानकारी गराएका छन् ।

घटिया कर्मचारीको जमात भएको निकाय भन्सार बिभाग र यस मातहतका कार्यलयहरुमा नियुक्त कर्मचारीहरु रहेका छन । भन्सार बिभागमा महानिर्देशक शोभाकान्त पौडेलदेखि जाँचकी जुन पदमा नियुक्त भए पनि भन्सार रस चुस्नकै निम्ति खटाइएको ती एजेन्टहरु बताउँछन् ।

भन्सारका कर्मचारीहरुले प्रज्ञापनपत्रको रिफरेन्समा नाम हेरि हेरि कस्को कति प्रज्ञापन पत्र भएछ गनेर सिस्टमको पैसा भन्दै असुली गर्दै आएका छन् । प्रज्ञापनपत्रको रिफरेन्स राख्ने ठाँउमा अहिले पनि भारतिय र गैर भन्सार एजेन्टको नाम देख्न पाइनु नै यस्को गतिलो उदाहरण हो । कानुनी व्यवस्था अनुसार,भन्सार भित्र भन्सार एजेन्ट स्वयम उपस्थित भएर काम गर्न पर्ने हो तर कर्मचारीले पैसा असुल्नका लागि गैर भन्सार एजेन्ट र भारतीयहरुलाई सहजै नेपालको भन्सारमा प्रबेश दिदै आएका छन ।

भन्सारमा कर्मचारीले आफ्नो डायरीमा नै को को तस्करबाट कति रकम आयो भनेर हिसाब राखेर भ्रष्टचार गर्न थालेसँगै भन्सार एजेन्टको करियर नै धरापमा परेको ती एजेन्टहरुको दुखेसो थियो । यसरी लाइसेन्स भएका भन्सार एजेन्टलाई बेरोजगार बनाएर गैर एजेन्ट र तस्करहरु अगाडि सारेर तीबाट उठाइएको रकम माथिसम्म पुग्ने गरेको ती एजेन्टहरुले जनाएका छन् । पछिल्लो समय राजश्व संकलनमा संकुचन आउदैं जानुको कारण मध्ये एक प्रमुख कारण भन्सार कार्यालयहरुमा तस्कर एजेन्टहरुकै बोलबोला बढ्दै जानु प्रमुख कारण हो भनिदैंछ ।

पढे लेखेका युवा जो लोकसेवाबाट भन्सार एजेन्टको परीक्षा उत्र्तीण गरेर नाम निकालेका छन् उनीहरुले भन्सारमा काम गर्न सक्ने अवस्था नभएको र ती एजेन्टहरु खाडी मुलुक भासिनु पर्ने स्थिति आएको उनीहरुको गुनासो छ । लोकसेवा भीडेर नाम निकालेका एजेन्टहरुले काम नपाउने र बेरोजगार हुने स्थिति आएसँगै नयाँ एजेन्टले तस्करलाई लाइसेन्स बेच्न बाध्य छन् ।

यो परिपाटीले पढेलेखा भन्सार एजेन्टको हातमा चाहिँ हतगडी लगाउने तर एजेन्टहरु पानीमाथिको ओभनो हुने स्थिति बन्दै गएकोमा उनीहरुले चिन्ता पोखेका छन् । यसरी भन्सार विभागले भन्सार एजेन्टलाई वाइपास गर्नुको परिणामत तस्करहरुले ब्यापारीसँग भन्सार एजेन्टको काम गर्छौ भन्दै काम लिन थालेपछि भन्सार एजेन्टहरु बेरोजगार हुन पुगेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *