एनजीओ, आईएनजीओ राजनीतिक दलहरुको भ-याङ

अर्थ/वाणिज्य समाचार

नेपालका राजनीतिक दलहरु एनजीओ आईएनजीओहरुबाट फस्टाउने गरेका छन् । नेपाली कांग्रेसदेखि वामपन्थी दलहरु सिद्धान्तको खोक्रो आदर्श छाँट्दै एनजीओ आईएनजीओमा रमाउने गरेका छन् । प्रजातन्त्र पुनस्र्थापना पश्चात् नेपालमा एनजीओआईएनजीओ फस्टाउँदै आएका छन् । त्यसयता बनेका सरकारका हरेक अंगहरुमा एनजीओ आईएनजीओको संलग्नता रहने गरेको छ ।

तीमध्ये शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका क्षेत्रमा बढी एनजीओ, आइएनजीओको हावी बढ्दै गएको छ । तिनै एनजीओ आईएनजीओको आडमा राजनीतिका नेताहरुले पार्टी संगठन, सञ्चालन र सत्ता हात पार्ने कामसमेत गर्दै आएका छन् । सत्ता सञ्चालक र साझेदार दलहरुले समर्थन गरेर फाइदा लिने गरेका छन् ।

त्यसैगरी, प्रतिपक्षी दलहरुले तिनै एनजीओ, आइएनओको विरोध गरेर फाइदा लिने काम गर्दै आएका छन् । केन्द्रबाट सुरु भएका एनजीओ आईएनजीओहरु अहिले प्रदेशहुँदै स्थानीय वडा तहसम्म पुगेका छन् । तिनै एनजीओ आईएनजीओहरुको योजनालाई समर्थन गरेर नेपालका राजनीतिक दलहरुले जनतासामु आफू र आफ्नो पार्टीले विकास गरेको भ्रम छर्ने गरेका छन् । सबैंभन्दा बढी एनजीओ आईएनजीआकोे सहारा लिएर जनतालाई भ्रम छर्ने काम वापन्थी दलहरुले गर्दै आएका छन् ।

एनजीओ आईएनजीओ पनि वढी वामपन्थी दलहरुले सञ्चालन गरेका छन् । त्यसमा सबैभन्दा अग्र देखिन्छ नेकपा एमाले । एमालेका सबैभन्दा बलियो संगठनको जग भनेकै एनजीओ, आईएनजीओ र सहकारी संस्था हुन् । त्यसको देखासेखी गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि एनजीओ, आईएनजीओको सरणमा पुगेको छ ।

पछिल्लो समय दलहरु एनजीओ, आईएनजीओको इसारमा चल्न थालेपछि नेपालमा राजनीतिक स्थायित्व कमजोर हुनेदेखि विकास निर्माणका कामहरुमा पनि अवरोध हुँदै आएको छ । अधिकांश एनजीओ, आईएनजीओ सञ्चालकहरुले नेपालमा राजनीतिक स्थायित्वभन्दा पनि सधैं अस्थिरता निम्त्याएर खेल्ने गरेका छन् । यतिबेला केन्द्र, प्रदेश र स्थानीय तहसम्मको सरकार एनजीओ, आईएनजीओको इसारमा चल्ने गरेको छ ।

एनजीओ, आईएनजीओहरुले जे जे नीति बनाउँछन् त्यसैलाई टेकेर राजनीतिक दलहरुले आफ्नो राजनीतिक एजेन्डा बनाउने गरेका छन् । त्यस्तै अधिकांश नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुलाई समेत एनजीओ, आईएनजीओहरुले प्रयोग गर्ने गरेका छन् । नेपाल सरकारका सचिव र सहसचिवहरुले एनजीओ, आईएनजीओहरुले जस्तो नीतिनिर्माण बनाउँछन् त्यसैलाई आधार बनाएर सरकारी योजना तयार गर्दछन् । एनजीओ, आईएनजीओहरुले पनि नेपालका राजनीतिक दलका नेतादेखि उच्च पदस्थ कर्मचारीहरुलाई विदेश भ्रमण गराउने र उनीहरुका आफन्तलाई जागिर खुवाउने थलो बनाएका छन् ।

नेपालमा एनजीओ, आईएनजीओहरु विभिन्न दल निकट जातजाति, धर्म, भाषा, संस्कार संस्कृति अनुसार खोलिएका छन् । नेपालमा सञ्चालित ती एनजीओ, आईएनजीओहरुले कर्मचारीको आडमा कहिले राजनीतिक दलहरुलाई नचाउँछन् त कहिले अराजनीतिक भीडलाई उचाल्ने काम गर्दै आएका छन् । राजनीतिक दलहरुले पनि तिनै एनजीओ, आईएनजीओलाई प्रयोग गरेर चुनाव लड्ने खर्चदेखि सत्तामा भ¥याङ बनाउँदै आएका छन् । त्यसकै परिणाम स्वरुप अहिले नेपालका राजनीतिक दलहरु धरापमा पर्दै आएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *