अर्थसचिवले डुबाए मुलुकको अर्थतन्त्र

राजनीति समाचार

काठमाडौं । समावेशीता कोटाबाट निजामती कर्मचारीमा कसैले अधिक लाभ उठाएको छ भने त्यो हो कृष्णहरि पुष्कर कर्ण दम्पत्ति । भनिन्छ सत्ताको नेतृत्वलाई हर सम्भव प्रयासबाट प्रभावमा पार्न सक्ने दम्पत्ति हुन्, कृष्णहरि पुष्कर कर्ण र आभा श्रेष्ठ कर्ण । मधेशको कोटाबाट सबैभन्दा लाभ उठाउनेमा पर्दछन् कृष्णहरि र आभा कर्ण । अहिले कृष्णहरि अर्थ सचिव छन्,त्यो पनि फर्कि फर्कि अर्थ मन्त्रालयको जिम्मेवारी पाएका हुन भने आभा कर्ण चाहिँ सहसचिवको हैसियतमा कार्यरत ।

भनिन्छ शक्तिकेन्द्र ‘सदैव दाहिना’ हँुदा यी दम्पत्तिले निजामती सेवा ऐन तथा नियमावलीअन्तर्गत तय भएको व्यवस्थाभित्र रहेर सरुवा भोग्नुपरेको छैन । कृष्णहरि यस्ता पात्र हुन,जस्ले लोकमानदेखि जनार्दन शर्मा हुँदै आरजु राणासम्मलाई मनाएर सदैव लाभको पद पाइरहेका छन् । यस्तै पुष्कर आभा श्रेष्ठको पूर्वप्रधानमन्त्री पत्नी आरजु राणासँग विशेष किसिमको सम्बन्ध छ । डोटी माइती भएकी आभाले आरजु राणासँगकै विशेष निकटताका कारण कृष्णहरिलाई सदैव लाभको पदमा टिकाउन सफल भएकी हुन ।

वैकल्पिकमा नाम निकाली खरिदारबाट निजामती सेवामा पाइला राखेका कृष्णहरि पुष्कर केही समावेशिता कोटा र बढी ‘चाकडी र चाप्लुसी’कलाका कारण अर्थ सचिवको जिम्मेवारीमा छन् अहिले । खरिदारदेखि सचिवसम्म जागिरे जीवनको क्रममा पुष्कर जहाँ कार्यरत रहे त्यही केही न केही विवादास्पद निर्णय गरेका उनका सहकर्मीहरु सम्झन्छन् । २०५५ सालमा कालिकोटको एक गाबिसमा नेतृत्व गर्दादेखि विवादमा आएका उनी पछिल्लो समय सम्मै उत्तिकै गैरकानुनी, आचारणहिन तथा विवादास्पद कार्यमा संग्लग्न रहेको उनका सहकर्मीहरु सम्झन्छन् ।

आफ्ताव आलम श्रम मन्त्री हुँदा कर्ण श्रम मन्त्रालयमा उपसचिव थिए । प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको भुमरीमा थिए । तत्कालीन श्रम तथा यातायात मन्त्री मोहम्मद आफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई वैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए ।

मकवानपुरको प्रमुख जिल्ला अधिकारी हुँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो । बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाए । मधेश प्रदेशको आन्तरिक मामिला तथा कानुन सचिव रहँदा उनै पुष्करले सुराकी बापत मोटो रकम लिने परम्परा बसालेको एक सचिवले स्मरण गरे । यस्का अलवा कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा रहँदा स्वास्थ्य सामग्रीको विवादित खरिद प्रकरणमा मुछिएका कर्मचारी हुन ।

कतिसम्म भने,तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका अर्थतन्त्र धरासायी पार्ने कदममा मतियारको भूमिकामा थिए । बजेटमा करको दर हेरफेर प्रकरणमा मुछिए उनी । चौधरी समूह तथा केही मारवाडी व्यापारीहरुको पक्षपोषण हुने गरी करको दर हेरफेर प्रकरण र सिसिटिभी फुटेज डिलिट प्रकरणमा जोडिएका उनी ‘फेस सेभ’ गर्न नसकेपछि विदेश भ्रमण (अष्ट्रिया) उडेका थिए ।

जतिखेर लोकमान कार्की शक्तिमा हुँदा उनको दाहिने हात बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे र डा गोविन्द केसीलाई पागलको संज्ञा दिएर विज्ञप्ती निकाले पछि उनी झनै विवादमा मुछिएका थिए। लोकमानकै दबाबमा १७ साउन २०७३ मा पुष्करलाई दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक काउन्सिलर नियुक्ति गरिएको थियो ।

उनै पुष्कर असोज ४ गते अर्थमन्त्रालयमा दोस्रोपटक सचिवको कुर्सीमा छन् । अर्थका एक सहसचिवका अनुसार,पुष्करले निर्देशन दिनेबाहेक केही गर्दैनन् । निर्णय गर्नै डराउने,केही निर्णय गरिहाले पनि गलत निर्णय गर्ने शैलीका कारण अहिले अर्थका कर्मचारीहरु हैरान छन् । कलमै नचोप्ने,चोप्नै डराउने पुष्करका शैलीका कारण पनि देशको वर्तमान अर्थतन्त्र उभो लाग्न नसकेको अर्थकै अर्का सहसचिवले टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *